गण्डकी सरकारले प्रदेशका सबै जिल्लामा सहिद स्मृति पार्क बनाउने भएको छ । मंगलबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यस्तो उल्लेख गरेका हुन् ।
प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका स्थान तथा संग्रहालयको संरक्षण, सम्वर्द्धन र विकासका कार्यक्रमलाई निरन्तरता दिन र “एक जिल्ला एकस हिद स्मारक पार्क” निर्माणको लागि बजेट व्यवस्था गरिएको उनले बताए ।
द्वन्द्व पीडित तथा सहिद परिवार र द्वन्द्वका क्रममा घाइते नागरिकहरूको तथ्याङ्क संकलन गरी परिचयपत्रको व्यवस्था गर्न गरी राहत दिइने भएको छ ।
गोरखाको च्याङ्लीमा कुमाल जातिको सांस्कृतिक संग्रहालय निर्माणको लागि बजेट विनियोजन भएको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८९७९ का लागि ३० अर्बको बजेट ल्याएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबारको संसद बैठकमा ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट पेश गरे ।
यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब थोरै हो । चालु खर्चतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार बजेट छ ।




