कर्णाली सरकारले खुला उत्पादन कारागार बनाउँदै

कर्णाली प्रदेशले खुला उत्पादन कारागार बनाउने भएको छ । सोमबार प्रस्तुत बजेटमा यो कार्यक्रम समावेश छ ।

कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेटमा कारागारलाई सुधार गृहको रुपमा विकास गर्न कैदीलाई संघीय सरकारसँगको समवय र सहकायमा खुला उत्पादन कारागार बनाइने उल्लेख छ ।

कार्यक्रम अन्तर्गत कैदीलाई उत्पादनमूलक कार्यक्रममा सहभागी गराउने योजना छ ।
कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।