कर्णाली सरकारले पछाडि परेका सिमान्तकृत, गरिब आदिका लागि नयाँ कार्यक्रम ल्याएको छ । खाना, नाना र छाना नाम दिइएको कार्यक्रमका लागि २० करोड बजेट छ ।
अशक्त, जोखिममा परेका, सिमान्तकृत क्षेत्र, वर्ग र समुदायका नागरिकको जीविकोपार्जन र उद्यमशीलताका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको बजेटमा उल्लेख छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।




