सांसदहरुले आफूले चाहेका योजनामा पैसा बाड्न पाउने संसद विकास कोषलाई गण्डकी सरकरकाले यो वर्ष पनि निरन्तरता दिएको छ ।
गण्डकी सरकारलाई यो योजनालाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा निरन्तरता दिएको छ । कोभिड १९ को प्रभाव र असर न्यूनीकरण गर्न पुँजी निर्माण तथा रोजगारी सृजना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिएको अर्थतन्त्री गुरुङले बताए ।
अघिल्लो आव मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि प्रति निर्वाचन क्षेत्र २ करोडका दरले बजेट विनियोजन गरेकोमा यस आवमा सो कार्यक्रमलाई समेत कोभिड १९ लक्षित विकास निर्माण र रोजगारि क्षेत्रमा प्रयोग गर्ने गरि निरन्तरता दिईएको छ। समग्रमा गण्डकी प्रदेशले कोभिड १९ लक्षित कार्यक्रम गर्न ३ अरब विनियोजन गरेको छ।




