गण्डकी विश्वविद्यालयले आगामी आर्थिक वर्षबाट एमबिबिएस अध्यापन थाल्ने भएको छ ।
विश्वविद्यालयबाट शिक्षण अस्पताल स्थापना गरी यो कार्यक्रम चलाउन ४२ करोड ७५ लाख बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । आगामी वर्षबाटै सूचना, प्रविधिका विषय पनि पढाइ थाल्ने उनले जनाए ।




