विश्व

जापानमाथि शक्तिशाली आँधी र मुसलधारे वर्षाको कहर (फोटोफिचर)

मुसलधारे वर्षा र शक्तिशाली आँधीले जापानका धेरैजसो हिस्सालाई अस्तव्यस्त बनाइदिएको छ । ६० वर्ष यताकै शक्तिशाली आँधी र मुसलधारे वर्षाका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ भने थुप्रै हराइरहेका छन् । चक्रवाती आँधी हेगीबिस राजधानी टोकियोको दक्षिण–पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार बेलुकी करिब ७ बजे ठोक्कियो । Photo: REUTERS अहिले यो आँधी २२५ किलोमिटर प्रतिघण्टाको गतीमा देशको पूर्वी तटतर्फ बढिरहेको छ । Photo: EPA गम्भीर स्थितीलाई हेरेर ७० लाख… पुरा पढौ

‘जापानमा नेपालीहरु सुरक्षित छन्’

जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ । टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए । ‘ जापानमा आएको शक्तिशाली आँधीबाट यहाँको राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेका छन् । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने । जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको… पुरा पढौ

दुई देशबीच सहयोगको नयाँ युग सुरु : मोदी

चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाबलीपुरममा करिब साढे पाँच घण्टा वान अन वान वार्ता भएको छ । दुई दिनमा विभिन्न चरणमा यी वार्ता भएका हुन् । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दे भारतका प्रधानमन्त्री मोदीले भारत-चीन सम्बन्धमा सहयोगको नयाँ युग सुरु भएको जनाउँदै यसमा चेन्नई जोडिएको जनाए ।  प्रतिनिधिमण्डल सहितको दोस्रो दिन शनिबारको वार्तापछि मोदीले भारत र चीन गएका २००० वर्षमा विश्वकै आर्थिक शक्ति भएको र फेरि त्यही… पुरा पढौ

सी र मोदीबीच ६ घण्टा छलफल

चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह नेपाल आउँदै छन् । उनी नेपाल आउनुअघि भारत भ्रमणमा छन् ।  विशेषगरी भारत र चीनले नेपाल एजेन्डामा छुट्टाछुट्टै दृष्टिले हेर्ने गरे पनि यसपटक सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको विशेष छलफलले नेपाललाई हेर्ने दृष्टिमा केही परिवर्तन आउने अड्कलसमेत काटिएको छ ।  मोदी र सीबीच शुक्रबार अपरान्ह, राति डिनरमा र शनिबार बिहान पनि छलफल भएको छ । पटक पटक गरी ६ घण्टा भएको मोदी र… पुरा पढौ

समुद्र किनारमा फोहर उठाउँदै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्रमा ३० मिनेटसम्म फोहर उठाएर सफाइ अभियानलाई सशक्त बनाउन सन्देश दिएका छन् ।  चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा रहेका बेलामा चेन्नाईको महाबलिपुरममा स्वागत गर्न गएका मोदीले शनिबार बिहान समुद्री किनारमा भएका फोहर उठाएका हुन् ।  खाली खुट्टा बिहानी यात्रामा लागेका उनले आफूले जम्मा गरेको फोहर होटलका कर्मचारी जेयराजलाई दिएको पनि ट्वीटरमा जनाएका छन् । मोदीले सार्वजनिक स्थल सफा सुग्घर राख्न पनि आग्रह गरेका छन् ।… पुरा पढौ

सीलाई स्वागत गर्न १८ प्रकारका तरकारी र फलफूलको स्वागतद्वार

भारतको तमिलनाडुस्थित बागबानी विभागले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणमा स्वागत गर्नका लागि १८ प्रकारका तरकारी र फलफूल लगाएर विशेष स्वागतद्वार बनाएको छ ।  पञ्चरथ नजिकै सो गेट बनाइएको हो । सोही गेट हुँदै आज चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जाने बताइएको छ ।   करिब २ सय मानिसले झण्डै १० घण्टा लगाएर सो गेट बनाएको बताइएको छ । तरकारी र फलफूलहरु देशका विभिन्न भागबाट ल्याइएको जनाइएको छ… पुरा पढौ

मोदीका लागि अत्याधुनिक मिसाइल डिफेन्स सिस्टमसहितको विमान ल्याइँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अब मिसाइल रक्षा प्रणालीले सुसज्जित बोइङ ७७७ विमान हुनेछ । यो जहाज वायुसेना पायलटले उडाउने छन् । यसको लागि लगभग १० पायलटलाई तालिम दिइनेछ । पहिलो पटक एयर इन्डियाका पायलटले प्रधानमन्त्रीको ‘एयर इन्डिया वन’ विमान उडाउने छैनन् । राष्ट्रपति, उप-राष्ट्रपति र प्रधानमन्त्रीका लागि २ नयाँ बोइङ ७७७ एयरक्राफ्ट आउनेछन् जसले सन् २०२० को जुलाईदेखि उडान भर्दैछ । यी नयाँ बोइङको  हेरचाह एयर इन्डिया इन्जिनियरिङ सर्भिस… पुरा पढौ

सलमान खानको घरमा प्रहरीको छापा

दबंग स्टार सलमान खानसँग सम्बन्धित सबैलाई स्तब्ध बनाइदिने एक घटना सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार भारतीय पुलिसले सलमानको गोराइस्थित बंगलामा छापा मारेको छ । जहाँबाट उनको बंगलाको रेखदेख गर्न राखेका ६२ वर्षिय एक व्यक्तिलाई गिरफ्तार गरेको हो । सिद्धेश्वर राणा नाम गरेका ती व्यक्तिलाई मुम्बई पुलिसले पछिल्लो २९ वर्षदेखि खोजी गरिरहेको थियो । खबरका अनुसार सलमानको बंगलामा पछिल्लो २० वर्षदेखि काम गरिरहेका ती व्यक्ति मुम्बई पुलिसको वान्टेड लिस्टमा… पुरा पढौ

सरकार विरोधी विद्यार्थीलाई घण्टौंसम्म पिटेर होस्टेलमा हत्या

सरकारको विरोध गरेपछि बंगलादेशका एक विद्यार्थीको क्रुर तरिकाले हत्या भएको छ । स्नातक तह पढिरहेका विद्यार्थीले अनलाइनका माध्यमबाट सरकारको आलोचना गरेकै कारण होस्टलमा घण्टौंसम्म कुटपिट गरेर हत्या गरिएको हो ।  अबरार फाहद नाम गरेका ती विद्यार्थीलाई कम्तिमा चार घण्टा लगातार कुटिएको उनका साथीले बताएको बीबीसीले लेखेको छ । राति ८ बजे लगिएको उनलाई निरन्तर कुटिएको बताइएको छ ।  २१ वर्षीय फाहदलाई मार्नमा सरकारमा रहेको आवामी लिग पार्टीको विद्यार्थीहरुको बंगलादेश छात्र… पुरा पढौ

अफगानिस्तानमा अमेरिकी आक्रमण, ३९ सर्वसाधारण मारिए

पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३९ सर्वसाधारण मारिएका छन् । सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ ।          अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनमा) ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मारिएका हुन् ।      हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं