विश्व

चीनको अनौठो हेलिकप्टर प्रदर्शनमा !

चीनले एउटा अनौठो खालको हेलिकप्टर प्रदर्शनमा राखेको छ । चिनियाँ सञ्चार माध्यममा ‘सुपर ग्रेट ह्वाइट सार्क’ नाम दिएको सो हेलिकप्टर विश्वमा बनिरहेका हेलिकप्टरभन्दा फरक छ । चिनियाँ अधिकारीहरुले यो हेलिकप्टर अहिले चलाउनका लागि भन्दा पनि भविश्यमा ‘डिजिटल इन्फर्मेसन ब्याटलफिल्ड’का लागि तयार पारिएको जनाएका छन् ।   यो हेलिकप्टर अत्यधुनिक हेलिकप्टरको फ्युजनको रुपमा बनाइएको हो । जस्तो अमेरिकाको एएच-६४ अपाची र सीएच-५३ सी स्टालियन तथा रुसको केए-५२ र एमआइ-२६को समेत फ्युजनको… पुरा पढौ

‘नो ब्रा’ अभियान चलाएकी कोरियाली पप गायिका मृत फेला

‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन । २५ वर्षीया सुलीको वास्तविक नाम… पुरा पढौ

जापानमा आँधीबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ।  खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन्।  उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी… पुरा पढौ

फोन खुल्यो, इन्टरनेट अझै खुलेन

भारतको काश्मीरमा ७२ दिनपछि आजबाट पोस्टपेड फोन खुलेको छ ।  संविधानको धारा ३७० खारेज गरिएपछि त्यहाँ फोन बन्द रहँदै आएको थियो ।  गएको अगस्ट ५ का दिन धारा ३७० खारेज गरिएको हो । इन्टरनेट सेवा भने अझै बन्द रहेको जनाइएको छ । पुरा पढौ

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा सौरभ गांगुली

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्ष भएकामा बधाई दिएका छन् । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अक्टोबर १४ अर्थात् सोमबार अन्तिम दिन थियो । बोर्डको बैठक एवं चुनाव आगामी अक्टोबर २३ मा हुनेछ, तर अध्यक्ष पदमा गांगुलीको मात्र उम्मेदवारी परेका कारण उनी स्वतः अध्यक्षमा चयन हुनेछन् ।… पुरा पढौ

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ।  स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ) को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ।… पुरा पढौ

सिलिण्डर विष्फोट भई घर भत्किँदा १० जनाको मृत्यु, १५ घाइते

भारतको उत्तर प्रदेशस्थित मउ जिल्लामा सोमबार बिहान सिलिन्डर ग्यास विष्फोट हुँदा दुई तल्ले घर भत्किएको छ ।  उक्त घटनामा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन् । केही मानिस भत्किएको घरमा पुरिएको आशंका गरिएको छ । मोहम्मदाबाद इलाकामा भएको उक्त दुर्घटनामा उद्दारका लागि प्रहरी टोली खटिएको छ ।  मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाप्रति दुःख जनाउँदै मृतकप्रति समवेदन व्यक्त गरेका छन् ।  पुरा पढौ

जापानमा आँधीबाट ३१ को मृत्यु

जापानले देशमा आएको आधीबाट भएको अस्तव्यस्त अवस्थामा उद्धार गर्न १ लाख १० हजार मानिसलाई खटाएको छ । शनिबार जापानमा हगिबिस आँधीले ३१ जनाको मृत्यु हुनुका साथै अझे १५ जना हराइरहेको जनाइएको छ ।  सो आँधीका कारण रुग्बी वर्ल्ड कप म्याच पनि रद्ध भएको थियो । यद्यपि जापान र स्कटल्याण्डबीचको म्याच भने भएको थियो ।  हजारौं प्रहरी अधिकारी, फायर फाइटर्स, कोस्ट गार्ड र सेना अहिले उद्धारको कार्यमा खटिएका छन् । ७०… पुरा पढौ

भारतीय प्रधानमन्त्री मोदीलाई फुर्यो यस्तो कविता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कविता सार्वजनिक गरेका छन् । तमिलनाडुमा चिनियाँ राष्ट्रपति सी जिन पिंगसँगको भेटवार्ता लगत्तै लेखिएको नयाँ कविता प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन् । उक्त कवितालाई मोदीले आफ्नो  ट्विटरमा समेत पोस्ट गरेका छन् ।  प्रधानमन्त्री मोदीले आइतबार ट्वीटरमा लेख्दै भनेका छन् कि समुद्री किनारमा हिंड्दा भावनाको रूपमा कविता फुरेको छ । शनिबार मोदी तमिलनाडुको मम्ल्लापुरमा चीनका राष्ट्रपति सीसँगको अनौपचारिक भेटका लागि पुगेका थिए । चिनियाँ राष्टपतिसँगको… पुरा पढौ

मस्जिदमा आक्रमण हुदा १५ जनाको मृत्यु

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ अरु पाँच जना घाइते भएका छन् । बुर्किनाफासोको राजधानीबाट करिब २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो । बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन । सन् २०१५ यता बुर्किनाफासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन् । यसक्रममा पाँच सयभन्दा बढी मानिसको मृत्यु हुनुका साथै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं