जापानमा आँधीबाट ३१ को मृत्यु

जापानले देशमा आएको आधीबाट भएको अस्तव्यस्त अवस्थामा उद्धार गर्न १ लाख १० हजार मानिसलाई खटाएको छ ।

शनिबार जापानमा हगिबिस आँधीले ३१ जनाको मृत्यु हुनुका साथै अझे १५ जना हराइरहेको जनाइएको छ । 

सो आँधीका कारण रुग्बी वर्ल्ड कप म्याच पनि रद्ध भएको थियो । यद्यपि जापान र स्कटल्याण्डबीचको म्याच भने भएको थियो । 

हजारौं प्रहरी अधिकारी, फायर फाइटर्स, कोस्ट गार्ड र सेना अहिले उद्धारको कार्यमा खटिएका छन् ।

७० लाख भन्दा बढी मानिसलाई उनीहरुको घर छोड्न आग्रह गरिएको थियो । यद्यपि अहिले ५० हजार मानिस मात्रै सुरक्षित सेल्टरमा रहेको जनाइएको छ । (बीबीसी)