नेपालदूत , काश्मीर
असाेज २७ गते २०७६
भारतको काश्मीरमा ७२ दिनपछि आजबाट पोस्टपेड फोन खुलेको छ ।
संविधानको धारा ३७० खारेज गरिएपछि त्यहाँ फोन बन्द रहँदै आएको थियो ।
गएको अगस्ट ५ का दिन धारा ३७० खारेज गरिएको हो ।
इन्टरनेट सेवा भने अझै बन्द रहेको जनाइएको छ ।