भारतको तमिलनाडुस्थित बागबानी विभागले चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणमा स्वागत गर्नका लागि १८ प्रकारका तरकारी र फलफूल लगाएर विशेष स्वागतद्वार बनाएको छ ।
पञ्चरथ नजिकै सो गेट बनाइएको हो । सोही गेट हुँदै आज चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जाने बताइएको छ ।
करिब २ सय मानिसले झण्डै १० घण्टा लगाएर सो गेट बनाएको बताइएको छ । तरकारी र फलफूलहरु देशका विभिन्न भागबाट ल्याइएको जनाइएको छ । केराका रुखहरु राखिनुका साथै रातो र सेतो गुलाबको फूल समेत त्यहाँ सजाइएको छ ।(एजेन्सी)






