दुई देशबीच सहयोगको नयाँ युग सुरु : मोदी


चीनका राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाबलीपुरममा करिब साढे पाँच घण्टा वान अन वान वार्ता भएको छ ।

दुई दिनमा विभिन्न चरणमा यी वार्ता भएका हुन् । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दे भारतका प्रधानमन्त्री मोदीले भारत-चीन सम्बन्धमा सहयोगको नयाँ युग सुरु भएको जनाउँदै यसमा चेन्नई जोडिएको जनाए । 

प्रतिनिधिमण्डल सहितको दोस्रो दिन शनिबारको वार्तापछि मोदीले भारत र चीन गएका २००० वर्षमा विश्वकै आर्थिक शक्ति भएको र फेरि त्यही दिशामा फर्किरहेको बारेमा नोट गरिएको जनाएका छन् ।

वुहानमा गएको वर्ष भएको बैठकले दुई पक्षबीच विश्वासको नयाँ वातावरण सिर्जना भएको जनाउँदै मोदीले सहयोगको नयाँ युग आज ‘चेन्नई कनेक्ट’ बाट सुरु भएको जनाएका छन् ।

उनले पहिलो शिखर सम्मेलनपछि रणनीतिक विषयमा दुई देशबीच सम्पर्क बढेको उल्लेख गर्दै दुई देशले बुद्धिमतापूर्वक मतभेदहरु व्यवस्थापन गर्ने र त्यसलाई विवादको रुपमा अघि बढ्न नदिने निर्णय गरेको समेत जनाएका छन् । 

मोदीले दुवै पक्ष आआफ्नो चासोका बारेमा संवेदनशील रहेकोसमेत जनाएका छन् । प्रतिनिधि मण्डलस्तरको भेटघाट अघि आज पनि मोदी र सी बीच एक घण्टा वान अन वान वार्ता भएको जनाइएको छ । (टाइम्स अफ इण्डिया)


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं