Author Archive

पोखरा १७ का निर्णयः हेल्प डेस्क, गर्भवतीलाई पोषण प्याकेज

पोखरा महानगरपालिका वडा नं. १७ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । बिहीबार पदभार ग्रहण गर्दै वडाध्यक्ष राधिकाकुमारी शाही योगीले ३ निर्णय गरेकी छन् । सेवाग्राहीलाई आवश्यक प्रक्रिया, काम हुने स्थान, लाग्ने, समय, कागजपत्रबारे जानकारी दिन बिहीबारबाटै हेल्प डेस्क सुरु भएको छ । वडा कार्यालयले सहरी स्वास्थ्य केन्द्रमा नियमित चेकजाँच गराउने गर्भवती महिलालाई पोषण प्याकेज र अशक्त, असहाय र विपन्न वडाबासीको मोतियाबिन्दुको शल्यक्रिया सित्तैमा गरिदिने भएको छ । वडा… पुरा पढौ

बाटुलेचौर पुग्यो युआरएल

युआरएलले पोखरा १६ को बाटुलेचौरबाट सेवा आरम्भ गरेको छ । यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय र हस्पिटलचोकको शाखाबाट सेवा दिइरहेको छ ।पोखरा १६ को मातृशिशु मितेर अस्पतालमा नभएका जाँच र वरिपारीका सेवाग्राहीलाई मध्यनजर गरी सेवा आरम्भ गरिएको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । युआरएल बाटुलेचौरमा करिब ५० लाख लगानी भएको उनको भनाइ छ । सेवा सुरुआतको अवसरमा जेठ महिनाभार मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका जाँच र होलबडीका… पुरा पढौ

काठमाडौँको मेयरमा बालेन र उपमेयरमा सुनिता निर्वाचित

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् । निर्वाचन आयोगका अनुसार मतगणना बिहीबार नै सम्पन्न भए पनि अन्तिम मत परिणाम भने शुक्रबार बिहान मात्रै घोषणा गरिनेछ । अन्तिम मत परिणाम अनुसार बालेन साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले… पुरा पढौ

पोखरा २८ ले माझठानामा सेवा केन्द्र खोल्ने

पोखरा महानगरपालिका वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ । नव निर्वाचित वडा अध्यक्ष श्रीकृष्ण लामिछानेसहित सदस्यले पदभार ग्रहण गर्दै एकिकृत सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेका हुन् । नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठूलो र यातायतको समेत उपलब्ध हुन गारो रहेको हुनाले कम्तिमा पनि हप्ताको दूई दिन सम्पती कर संकलनको लागी माझठानामा सेवा… पुरा पढौ

जन्मदिनमा छोरीलाई उपहारः नयाँ पुस्तक

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो । अमोर सेवा नेपालले अभिभावक विहीन… पुरा पढौ

पालिकाले ग्यास चुलो लिने, इन्डक्सन दिने

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुलो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘घर–घरमा रहेका ग्यासका… पुरा पढौ

मनको दियो गजलसङ्ग्रह नियाल्दा

मनको दियो ननिभ्नु तिमी तेल सधैंभरि थप्छुसूर्य चन्द्र रहेसम्म बल्नु पर्छ पुग्ने गरी थप्छु।(पृष्ठ १) मातृस्नेह यसरी पोखेकी छिन् गजलकार मनु शर्माले।पुत्र विगोगको छट्पटीमा लेखिएका गजलहरूले बरबरी आँसु झारेँ। पढ्दापढ्दै अगाडि बढ्न निकै गाह्रो भयो। रुँदै भए पनि पढ्छु भनेर पुनः गजलसङ्ग्रह खोलेर हेरेँ।उनको यो कृति पढ्दाजीवन भोगाइ र अनुभूतिको सङ्ग्रह नै रहेछ जस्तो लाग्यो । सरल भाषाशैलीमा गहन विचारको प्रस्तुति दिनसक्नु सायद समय ,परिस्थिति र जीवनमा भोगेका उतारचढावले नै… पुरा पढौ

पेट्रोल लिटरको १८० रुपैयाँ, ग्यास सिलिन्डरको १८००

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य… पुरा पढौ

गोकुल वाङ्मय पुरस्कारबाट डा ऋषिराज सम्मानित

गण्डकी साहित्य संगम पोखराले स्थापना गरेको राष्ट्रिय स्तरको गोकुल वाङ्मय पुरस्कार २०७८ साहित्यकार डा ऋषिराज बराललाई प्रदान गरिएको छ । ९३ औं गोकुल जयन्तीको सन्दर्भमा आइतबार आयोजित कार्यक्रममा आख्यानकार बराललाई नगद ४० हजार र सम्मानपत्रसहित संगम अध्यक्ष डा कृष्णराज अधिकारीले सम्मान गरे । डा बराल ४ दशकदेखि नेपाली साहित्यमा क्रियाशील छन् । सिन्धुलीको घोक्सिलामा जन्मिएका उनले विद्यावारिधिसम्म अध्ययन गरेका छन् । बरालका करिब डढ दर्जन साहित्य र समालोचनाका कृति प्रकाशित… पुरा पढौ

सेभेन ए साईड फुटबल प्रतियोगिता जारी

पोखरा–१४ जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगतामा शुभकामना क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कमलपोखरी एफसी दोस्रो चरणमा प्रवेश गरेको छ । स्थानीय रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा कमलपोखरीले शुभकामनालाई २–० गोलले पराजित गरेको थियो । पेनाल्टी सुटआउटमा शुभकामनाका किरण कार्की र सनम केसीले गोल गर्न चुकेपछि दोस्रो चरणको यात्रा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं