पोखरा २८ ले माझठानामा सेवा केन्द्र खोल्ने

पोखरा महानगरपालिका वडा नम्बर २८ को पहिलो बैठकले माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेको छ ।

नव निर्वाचित वडा अध्यक्ष श्रीकृष्ण लामिछानेसहित सदस्यले पदभार ग्रहण गर्दै एकिकृत सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरेका हुन् ।

नव निर्वाचित वडा अध्यक्ष लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठूलो र यातायतको समेत उपलब्ध हुन गारो रहेको हुनाले कम्तिमा पनि हप्ताको दूई दिन सम्पती कर संकलनको लागी माझठानामा सेवा केन्द्र बिस्तार गर्ने निर्णय गरिएको बताए ।

सामाजिक सुरक्षा भत्ता वडा कार्यालयवाटै वितरण गर्ने र वडा भित्रका अत्ति अशक्त आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्क्तिलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गएिको उनले बताए । कार्यक्रममा वडा अध्यक्ष लामिछानेले पोखरा २८ का जनतालाई प्रत्यक्ष अनुभुति हुने खालका कामहरु गर्नको लागी आफु तयार रहेको बताउदै यसमा सवैको साथ र सयोगको अपेक्षा राखेको बताए ।

पदभार कार्यक्रममा नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसी, निर्वतमान वडा अध्यक्ष निर्मल दियाली, नेकपा एमाले पोखरा २८ का अध्यक्ष रामकृष्ण तिवारी, नेपाली काग्रेसका नेता राजेश अधिकारी, नेकपा एस पोखरा २८ का अध्यक्ष केशवदास त्रिपाठी लगाएतले बोलका थिए ।

निर्वतमान वडा अध्यक्ष दियालीले आफ्नो कार्यकाल सफल बनाउन महत्पुर्ण भुमिका खेल्ने पोखरा २८ बासी लगाएत कर्मचारीलाई धन्यवाद दिदै नव निर्वाचित वडा अध्यक्ष लगाएत सदस्यहरुको सफल कार्याकालको कमना गरेका थिए ।

वडा सचिव अर्जु प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्याक्रममा ईन्जिनियर विमल आचार्य र माधवप्रसाद ढकालले पनि बोलेका थिए ।