Author Archive

जिसस कास्कीमा एमालेको प्यानल

जिल्ला समन्वय समिति (जिसस) कास्कीको प्रमुखसहित सबै पदमा एमाले उम्मेदवार चुनिएका छन् । शुक्रबार भएको निर्वाचनमा जिसस कास्की प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भए । पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी सरिता कुमाल निर्वाचित भएकी छन् । उनी नेकपा माओवादी केन्द्रकी उषा थापालाई… पुरा पढौ

यार्सागुम्बा खोज्न गएकी महिलाको मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ नाउलाकी करिब ३० वर्षीया सिन्की बोहरा रहेकी छन् । बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहराको मृत्यु भएको हो । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् । मृतक बोहराको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यसतर्फ परिचालन गरिएको प्रहरी प्रमुख तथा प्रहरी… पुरा पढौ

पुरुष सत्ताको प्रतिपक्षी कविता

पहराको फूल अप्ठ्यारोमा उभिएको जीवन हुन सक्छ । पहराको फूल अतृप्त सपना हुन सक्छ । पहराको फूल कुनै नारीको बेदना पनि हुन सक्छ । सगरमाथा साहित्य प्रतिष्ठानले प्रकाशित गरेको लिली अधिकारीको कविता संग्रह पहराको फूलका शब्दहरुलाई आँखाले स्पर्श नगर्दै मैले बनाएका धारणा यि र यस्तै यस्तै थिए । पुस्तक अध्ययन गरेपछि लाग्यो मैले निकालेको अर्थ र कविले भन्न खोजेको कुरामा तादात्म्य मिल्यो क्यार ! अर्काको छाता शीर्षकमा आँखा रोकिए ।… पुरा पढौ

राजालाई अभिभावक बनाऔं, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चुनौंः राप्रपा

राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण… पुरा पढौ

पल शाहलाई थुनामै राख्ने जिल्लाको आदेश सदर

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाह भनिने पूर्णविक्रम शाहलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध अभियुक्त शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । सो निवेदनमाथि बिहीबार अन्तिम फैसला गर्दै उच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेको हो ।   उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले… पुरा पढौ

उपल्लो मनाङ र लोमान्थाङमा व्यवस्थित हिमाली सहर

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा गण्डकी प्रदेशमा पूर्वाधार विकाससँगै संस्कृति जगेर्नासम्मका योजनाअघि सारेको छ । पोखरा उपत्यकामा ट्राम यातायतको सम्भाव्यता अध्ययन गरिने सरकारको योजना छ । गण्डकीको उपल्लो मनाङ, लोमान्थाङमा व्यवस्थित हिमाली सहर विकास गर्न अध्ययन गरिने सरकारको योजना छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा संघीय सरकारले प्रदेशमा विभिन्न क्षेत्र विशेषमा बजेट विनियोजन गरेको उल्लेख छ । कृषिको उत्पादनलाई जोड दिएको सरकारले गण्डकी प्रदेशका हिमाली जिल्लालाई… पुरा पढौ

नयाँ जिल्ला नवलपुरः सुरुङमार्ग–ट्रमा सेन्टरसम्म

सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९÷८० का लागि अनुमानित आयव्यय विवरण प्रस्तुत गर्दै नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका विभिन्न योजना प्रस्तुत गरेका छन् । पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीबासबाट नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को बर्दघाटसम्म सुरुङ मार्गका लागि अध्ययन गरिने कुरा बजेटमा उल्लेख छ । दुम्कीबास–बर्दघाटसहित अन्य राजमार्गको सुरुङ मार्ग विस्तारका लागि… पुरा पढौ

आमाको स्मृतिमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले दिवंगत आमाहरु धनकुमारी र धनसुब्बा गुरुङको स्मृतिमा आइतबार श्रमिकका जेहेन्दार छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेकी छन् । मिनाका श्रीमान् क्षेत्र र उनका दिदीबहिनी रुपा गुरुङ र रिता गुरुङ गौचनको उपस्थितिमा धनकुमारी र धनसुब्बा (डिकेडिएस) फाउन्डेशनले ४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । जिफन्ट गण्डकी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उत्कृष्टतर्फ श्रमिक सुनिता विककी छोरी अञ्जिला विक… पुरा पढौ

पोखरामा ‘इच्छुक’को सम्झना

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याएको बताए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्भिकताका साथ लेखनका माध्यमबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गरेको योगदान सधैँ स्मरणीय हुने बताए । प्रेस सेन्टर नेपालका सल्लाहकार कोमलनाथ… पुरा पढौ

कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गर्नेछौँ : बालेन्द्र साह (अन्तर्वार्ता)

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गर्नुभयो । ‘¥यापर’को पहिचान बनाउनुभएका प्रमुख साहले ह्वाइट हाउस इन्ष्टिच्युड अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनीयरिङमामा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इञ्जिनीयरिङमा स्नातकोत्तर गर्नुभएको छ । संविधानले स्थानीय तहलाई सरकारका रुपमा परिभाषित गरेको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं