जिल्ला समन्वय समिति (जिसस) कास्कीको प्रमुखसहित सबै पदमा एमाले उम्मेदवार चुनिएका छन् ।
शुक्रबार भएको निर्वाचनमा जिसस कास्की प्रमुखमा नेकपा एमालेका लीलाधर पौडेल निर्वाचित भए । पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई २ मतान्तरले पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका हुन् । पौडेलले ६ मत प्राप्त गर्दा ढकालले ४ मत प्राप्त गरे ।
त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी सरिता कुमाल निर्वाचित भएकी छन् । उनी नेकपा माओवादी केन्द्रकी उषा थापालाई २ मतले पराजित गर्दै बिजयी भएकी हुन् ।
जिससको खुल्ला सदस्यमा एमालेका राजु अधिकारी र बालिका सुवेदी र हर्कबहादुर गुरुङ निर्वाचित भएका छन् । उनीहरु कांग्रेसका सदस्यतर्फ कांग्रेसका ओमप्रकाश गुरुङ बिजय गुरुङ र माओवादीका पुर्खबहादुर पुनलाई पराजित गर्दै बिजयी भएका हुन् ।
महिला तीन सदस्यमा एमालेका लक्ष्मी दमै, सीतादेवी विक र सुकमाया नेपाली चुनिएका छन् । उनीहरु कांग्रेसका गंगा रानाभाट , गोमा सुवेदी र शान्ता पौडेल अधिकारीलाई पराजित गर्दै विजयी बनेका हुन
।
दलित वा अल्पसंख्यक सदस्यतर्फ एमालेका गणेशबहादुर घर्ती बिजयी भएका छन् । उनीले कांग्रेसका विष्णुमाया परियारलाई पराजित गरेका ह्न् ।
जिसस पदाधिकारी तथा सदस्यहरु जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन् । कास्कीमा ५ वटा स्थानिय तहका १० जनाको मताधिकार रहेका एमालेको एकल बहुमत ६ मत छ । सत्तारुढ गठबन्धनमा ४ मतमात्र छ ।




