खेलकुद

कास्की जिल्ला फुटबल संघमाथि एन्फाको छानविन शुरु

कास्की जिल्ला फुटबल संघभित्र आर्थिक पारदर्शीता नभएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले छानविन शुरु गरेको छ । छानविनको लागि तीन सदस्यीय टोली गठन गर्दै बुधबारदेखि छानविनको काम अघि बढाएको छ । बुधबार पहिलो दिन छानविन समितिले फुटबल संघका पदाधिकारी एवं सदस्यहरुसँग आवश्यक छलफल गर्दै समितिको बारेमा जानकारी दिई सहयोगको अपिल गरेको छ । एन्फाका उपाध्यक्ष विरबहादुर खड्काको संयोजकत्वमा गठित छानविन टोलीमा विष्णुप्रसाद पराजुली(चाटर्ड एकाउन्टेण्ट) र आनन्द रन्जित(पूर्व अध्यक्ष कास्की जिल्ला फुटबल… पुरा पढौ

खेलकुदमा असारे बजेट, १४ योजनाको लागि सवा करोड

असार सकिन केवल १४ दिन मात्रै बाँकी छ । आर्थिक वर्ष टुंगिनै लाग्दा कास्कीको विभिन्न खेलकुद योजनाको लागि बजेट निकासा भएको छ । राष्ट्रिय खेलकुद परिषदले कास्कीमा विभिन्न १४ वटा योजनाको लागि बजेट छुट्टाइएको छ । परिषदको पत्र अनुसार स्थानीय निकाय खेल मैदान निर्माण अन्तर्गत आर्थिक वर्षभित्रमा सक्ने गरी काम टुग्याउन गर्नुपर्ने भन्दै सम्झौताको लागि निर्देशन समेत गरेको छ । केही सरोकारवाला भने सम्झौताको लागि जिल्ला खेलकुद विकास समितिको कार्यालयको… पुरा पढौ

सर्वोत्कृष्ट खेलाडीलाई सहाराले दियो स्कुटर

प्रतियोगिता सकिएको तीन महिनापछि १८ औं आहा १ रारा गोल्ड कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट हुन सफल नेपाल पुलिस क्लबका खेलाडी अजित भण्डारीले स्कुटर प्राप्त गरेका छन् । आईतबार मात्रै उनले पुरस्कारस्वरुप एफ्रिला स्कुटर प्राप्त गरेका हुन् । भण्डारीलाई सिताज् लाईफ स्टाल अधिकृत विक्रेता एफ्रिला स्कुटरका प्रबन्धक आशिष श्रेष्ठबाट स्कुटरको चावी हस्तान्तरण गरे । साथमा सहारा क्लब पोखारा पुर्व अध्यक्ष विक्रम थकाली र अध्यक्ष केशबबहादुर थापाका्े उपस्थिति रहेको थियो ।kheladinews.com पुरा पढौ

पोखरामा महानगर स्तरीय खेलकुद विकास समिति

पोखरा महानगरमा महानगर स्तरीय खेलकुद विकास समिति गठन गरिने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेटमा यो उल्लेख छ । उनले पोखरालाई खेलकुदको सहर बनाउने प्रतिवद्धता गर्दै एक वडा, एक खेल मैदानलाई निरन्तरता दिइने जनाए । वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माणलाई निरन्तरता दिन ५० लाख बजेट विनियोजन भएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा… पुरा पढौ

पोखरा महानगरले खेलकुदको लागि एकिकृत कोष स्थापना गर्ने

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलकुदको विकासको लागि एकिकृत कोष स्थापना गर्ने महानगरपालिको सोच रहेको उल्लेख गरेका छन् । ‘खेलुकुदको विकासको लागि एकिकृत कोष आवश्यक छ’–उनले भने– कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम हुने छ ।’ मेयर जिसीका अनुसार कोषमा राज्यले दिने सहयोग र निजी क्षेत्रबाट प्राप्त सहयोग कोषमै आवस । ‘कोष स्थापनाले मात्रै खेलकुद विकासमा नयाँ आयाम थपिने मात्रै नभई व्यवस्थित समेत हुने छ ।’ तेक्वान्दो डोजाङ… पुरा पढौ

नवलपुरको कावासोतीमा रंगशालाको डिपिआर बनाउँदै

नवलपुरमा गण्डकी प्रदेशको बैकल्पिक रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । नवलपुरको कावासोतीमा ट्रयाक एण्ड फिल्डसहितको भौतिक पूर्वाधारयुक्त स्पोर्टस कम्प्लेक्स निर्माण गरिने छ । त्यसको लागि आवश्यक विस्तृत प्रतिवदेन परियोजना(डिपिआर)को अन्तिम चरणमा छ । बैकल्पिक रंगशाला निर्माणपछि ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना गर्न सहज हुने छ । गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटबल मैदान तथा ट्रयाक निर्माण गरिएको छ । अन्य भौतिक पूर्वाधार समेत तयारी छ ।… पुरा पढौ

पोखरा रंगशालामा बढ्यो खेलकुद गतिविधि

file pix तीन महिना पछि पोखरा रंगशालाभित्र खेलकुद गतिविधि शुरु हुन थालेको छ । रंगशालाभित्र खेलकुद गतिविधिको रौनक बढ्दै गएको छ । गत चैतको पहिलो सातादेखि पूर्ण रुपमा बन्द रहेको पोखरा रंगशालामा असारको पहिलो सातादेखि नै खेलकुद गतिविधि विस्तारै बढ्न थालेको हो । व्याडमिन्टन, टेनिस, क्रिकेट, स्क्वास तथा बास्केटबलको गतिविधि बढ्दै गएको छ । क्रिकेट र बास्केटलको गतिविधि शुरु भएको भने बुधबारदेखि हो । ‘स्वास्थ्यका लागि खेलकुद’ । तर खेलकुद… पुरा पढौ

खेलकुदलाई ८ करोड ३५ लाख, नवौंलाई १ करोड ५० लाख

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे । प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको… पुरा पढौ

नवौं राष्ट्रिय खेलकूद व्यवस्थापन र प्रशिक्षणका लागि डेढ करोड

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने प्रदेशका खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । गण्डकी प्रदेशसभमा अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा यो उल्लेख छ । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्थासमेत मिलाएको उनको भनाइ छ । प्रदेशले प्रदेश स्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेट रङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक… पुरा पढौ

विच भलिबल कोर्ट: लगानी बालुवामा पानी नबनाउन सरोकारवालाको ध्यानाकर्षण

एकातिर पूर्वाधार निर्माणमा सरकारी लगानी भईरहेको छ । अर्को तिर निर्माण गरिएको पूर्वाधार संरक्षण हुन सकेको छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा निर्माण गरिएको बिच भलिबल कोर्ट अहिले संरक्षण विहीन छ । १३ औं दक्षिण एशियाली खेलकुदको लागि युवा तथा खेलकुद मन्त्रालयले पोखरामा ८ खेल खेलाउन निर्णयसँगै फेवाताल किनारमा बिच भलिबल निर्माण गरिएको थियो । गत मंसिरमा नेपाल ट्रष्टको स्वामित्वमा रहेको फेवाताल किनार(बाराही घाट)मा बिच भलिबल कोर्ट निर्माण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं