पोखरा महानगरमा महानगर स्तरीय खेलकुद विकास समिति गठन गरिने भएको छ । महानगरका मेयर मानबहादुर जिसीले बुधबारको सातौं नगरसभामा नीति तथा कार्यक्रम र बजेटमा यो उल्लेख छ ।
उनले पोखरालाई खेलकुदको सहर बनाउने प्रतिवद्धता गर्दै एक वडा, एक खेल मैदानलाई निरन्तरता दिइने जनाए ।
वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माणलाई निरन्तरता दिन ५० लाख बजेट विनियोजन भएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिँदै १० स्थानमा व्यायाम सामग्री जडान गर्ने महानगरको योजना छ ।
पोखरा म्याराथुन सञ्चालन र उत्कृष्ट वर्ष खेलाडी छनौट गरी अर्वाड प्रदान गर्नका लागि महानगरले बजेट विनियोजन गरेको छ ।









