समाज

बागलुङमा १ सय ९० महिला तथा बालबालिका बेपत्ता

 २ वर्षको अवधिमा बागलुङ जिल्लामा १ सय ८९ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ८६ महिला २४ बालबालिका हराएका छन् । आव २०७४÷७५ मा ७९ महिला तथा बालबालिकामध्ये ६७ महिलासहित १२ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रम आव २०७३÷७४ मा बढे पनि २०७४÷७५… पुरा पढौ

मुस्ताङमा पहिलो पल्ट हिउँ चितुवाको अध्ययन

दुलर्भ जनावर हिउँ चितुवा विश्वका १२ मुलुकमा मात्र पाइन्छ । नेपालमा ३ सयदेखि ५ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ । यसको संरक्षणका लागि मुस्ताङमा पहिलो पटक प्रारम्भिक अध्ययन भएको छ । डब्लुडब्लुएफ र सडक विभागको वातावरण हेर्ने इकाइको विज्ञ टोलीले मुस्ताङ आएर यसको अध्ययन गरेको हो । आइतबार आएको टोलीले मंगलबारसम्म हिउँ चितुवाबारे अध्ययन गरेको हो । केही वर्षअघि एसएससी स्नो लियोपार्ट कन्जरभेन्सी कार्यक्रमको अध्ययन अनुसार मनाङ र मुस्ताङमा… पुरा पढौ

बालगृहहरूको महासंघ गण्डकीमा धनबहादुर

बालगृहहरूको महासंघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले धनबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । महासंघको प्रथम उपाध्यक्षमा डा. राजेन्द्र गौतम, द्वितीय उपाध्यक्ष भगतकुमार श्रेष्ठ, महासचिव बुद्धिबल रम्तेल, सचिव विनोदकुमार नेपाली र कोषाध्य क्षशारदा बस्नेत चयन भए । सदस्यमा शेरबहादुर लामा, अशोक लम्साल, कृष्णकुमारी पन्थी (रानाभाट), सुनिता भुजेल, लालबहादुर बलम्पाकी मगर, हुमा गुरुङ र कल्पना श्रेठ छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकार बलियो नभएसम्म… पुरा पढौ

गोली र खुकुरीले श्रीमती र छोराको हत्या

रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या… पुरा पढौ

दुधौलीमा दनुवार सांस्कृतिक महोत्सव

जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुनेभएको छ । मङ्सिर ३ गते नगरपालिका–६ हर्षाहीमा महोत्सवको आयोजना गरिने भएको हो । दनुवार जागरण समितिको दोस्रो जिल्ला अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको समितिका जिल्ला अध्यक्ष विषमलाल अधिकारी दनुवारले जानकारी दिए । दनुवार समुदायको महानपर्व बड्की एकादशी (हरिबोधिनी एकादशी)को अवसर पारेर अधिवेशन तथा सांस्कृतिक महोत्वसको आयोजना गर्न लागिएको हो । यस क्षेत्रमा निकट भविष्यमै दनुवार सङ्ग्रहालय बनाउने योजना… पुरा पढौ

छोरी सरह बुहारीलाई अन्माएपछि…

संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएका हुन् । विसं २०७२ को महाभूकम्पमा परी उनका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आभएकी बुहारी शर्माको शनिबार आफ्नै… पुरा पढौ

फिर्केदेखि बुलौदीसम्म सफाइ अभियान

पोखरा बृहत सफाइ १२९ औं शृङ्खलामा पुगेको छ । अभियानले शनिबार पोखरा ५ जिरो किमी फिर्केदेखि पोखरा ६ र ७ को सिमाना बुलौदीसम्म फोहोरमैला संकलन गरेको थियो । हप्तामा १ घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ सञ्चालित यस पटकको सफाइ अभियानमा पोखरेलीमाझ परिचित वडा सचिव लोकदर्शन कोइरालाले राष्ट्रिय गान बजाएर शुभारम्भ गरेका थिए भने वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले सरसफाइ र राष्ट्रिय भावनाको सपथ गराएका थिए । अभियान… पुरा पढौ

समृद्धि टोलमा नयाँ नेतृत्व

पोखरा १७ सीतापाइलामा रहेको समृद्ध टोल विकास संस्था र समृद्ध महिला समूहमा नयाँ नेतृत्व छानिएका छन् । शनिबार भएको टोलको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । टोल विकास संस्थाको अध्यक्षमा माधव पनेरु, उपाध्यक्ष फडिन्द्र अकिञ्चन, सचिव जीवन सुवेदी, कोषाध्यक्ष सुमित्रा दुरा र सहसचिव विमला नेपाली छन् । ९ सदस्यीय कार्यसमितिका सदस्यमा भबिता कुमाल, राजु थकाली, दुर्गाबहादुर परियार र कमला बराल छन् । यस्तै समृद्धि महिला समूहमा अनिशा… पुरा पढौ

मुहार फेर्दै बुढानिलकन्ठ मन्दिर

बुढानिलकण्ठ नाराणस्थान मन्दिरको आफ्नै धार्मिक तथा ऐतिहासिक महत्व रही आएको छ । बर्सेनी लाखौंको सन्ख्यामा यहाँ भक्तजनहरु मन्दिर दर्शन गर्न आउने गरेका छन । पानीमाथि नागको आसन गरी बिराजमान भगवानको दर्शन गर्नाले मानिसको पाप नस्ट भै पुन्य कमाउने धार्मिक विश्वाश रहिआएको छ । निकै पुरानो मन्दिर नारायणस्थान मन्दिरको ब्यवस्थापन केही समय अगाडि निकै दयनिय थियो । वरिपरि यत्र तत्र छरिएको फोहोर देखिन्थ्यो । मन्दिर बाहिर मनपरी दान दक्षिणा उठाउने हरुको… पुरा पढौ

रेडलाइट एरिया तोकिए महिला बेचबिखन हुन्छ

शक्ति समूह नेपालले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने अडान राखेको छ । संस्थाले यौन व्यवसायलाई कानुनी मान्यता दिए महिलाको नेपालमै बेचबिखन हुने चिन्ता जाहेर गरेको छ । समूह मानव बेचबिखनबाट प्रभावितबाट खोलिएको संस्था हो । शक्ति समूह नेपालका संस्थापक तथा कार्यकारी निर्देशक सुनिता दनुवारले नेपालमा यौन व्यवसायलाई कानुनसम्मत बनाउन नसकिने बताइन् । केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेड लाइन एरिया तोकेर यौनकर्मीलाई लाइसेन्स दिनुपर्ने धारणा राखेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं