मुस्ताङमा पहिलो पल्ट हिउँ चितुवाको अध्ययन

दुलर्भ जनावर हिउँ चितुवा विश्वका १२ मुलुकमा मात्र पाइन्छ । नेपालमा ३ सयदेखि ५ सयसम्म हिउँ चितुवा रहेको अनुमान छ ।

यसको संरक्षणका लागि मुस्ताङमा पहिलो पटक प्रारम्भिक अध्ययन भएको छ । डब्लुडब्लुएफ र सडक विभागको वातावरण हेर्ने इकाइको विज्ञ टोलीले मुस्ताङ आएर यसको अध्ययन गरेको हो । आइतबार आएको टोलीले मंगलबारसम्म हिउँ चितुवाबारे अध्ययन गरेको हो ।

केही वर्षअघि एसएससी स्नो लियोपार्ट कन्जरभेन्सी कार्यक्रमको अध्ययन अनुसार मनाङ र मुस्ताङमा १७ देखि २० वटा हिउँचितुवा रहेको तथ्य सार्वजनिक भएको थियो ।

ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माण र वातावरणीय परिवर्तनले हिउँ चितुवाको बासस्थान र संख्यामा के कस्तो असर पु¥यायो भन्ने प्रारम्भिक अध्ययन हुने सडक विभागका वातारण निरीक्षक मनोज अर्यालले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माण र वातावरणीय परिवर्तनले बासस्थान र संख्यामा गरेको असर पत्ता लाग्ने

अर्यालले स्थानीय तहमा विकास आयोजना बन्दा हिउँचितुवा संरक्षणलाई ध्यान दिइनुपर्नेमा जोड दिए । उनले हिउँचितुवा वर्षेनी संकटमा पर्दै गएकाले यसको संरक्षण तथा असर न्यूनीकरणका लागि डब्लुडब्लुएफ र सडक बिभागबीच सहकार्य भएको बताए । अध्ययन स्थानीय सरकार, सरकारी निकाय, स्थानीयवासी र सरोकारवालासँगको समन्वयमा भएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालय प्रमुख तुलसी दाहाल पूर्वाधार विकास गर्दै हिउँ चितुवा जोगाउन मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्ने बताउँछन् । उनले भने, ‘अध्ययन प्रतिवेदनले यससँग सरोकार राख्ने निकायको ध्यान आकर्षित गर्ने छ ।’

केही वर्षअघि मुस्ताङको नमखुलेकमा गरिएको गणनामा क्यामेरा ट्याप गर्दा ४ वटा हिउँ चितुवा रहेको तथ्य सार्वजनिक भएको थियो ।