राजनीति

ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले दिए स्वतन्त्र उम्मेदवारी

ताराखोला गाउँपालिकाका वर्तमान अध्यक्ष प्रकाश घर्ती मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट धनबहादुर विक ‘हिमाल’ लाई अध्यक्षमा उम्मेदवार बनाएपछि घर्तीले वागी हालेका हुन् । पहिलो कार्यकाल नीति नियम निर्माण र सिक्दैमा बितेको जिकिर गर्दै उनले सुरु भएका योजना पूरा गर्न अध्यक्ष नदिइएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए । घर्तीले उम्मेदवारी फिर्ता नलिने र पार्टीले अनुशासनको कारवाही गरे भोग्न तयार रहेको सुनाए । उनले भने, ‘कुनै पनि… पुरा पढौ

पोखरा महानगरः एमाले र गठबन्धनको उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गरेका हुन् । गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा… पुरा पढौ

बागलुङमा यसरी भयो सत्ता गठबन्धनमा भागबन्डा

बागलुङमा सत्ता साझेदार दलहरूले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो लगाएका छन् । सहमतिअनुसार नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र) लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने माओवादी केन्द्रकी केन्द्रीय सदस्य बलावती शर्माले बताइन् । माओवादी केन्द्रले ताराखोला गाउँपालिका र… पुरा पढौ

मनाङमा सत्ता गठबन्धनबीच भागबन्डा मिल्यो

सत्ता गठबन्धनमा रहेका दुई दलले हिमालपारिको जिल्ला मनाङका स्थानीय तहमा भागबण्डा टुङ्ग्याएका छन् । नेपाली कांग्रेस मनाङको बैठकले दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र बीच भागबण्डा गरेको हो । दुई दलबीच भएको सहमतिअनुसार जिल्लाका चार पालिकामा नेपाली कांग्रेसले प्रमुख र तीन पालिकामा उपप्रमुख पद पाएको छ । यस्तै माओवादी केन्द्रले नासोँ गाउँपालिकामा उपाध्यक्ष पद पाएको छ । नार्पाभूमि गाउँपालिकामा भने कांंग्रेसबाट नै टुङ्ग्याउने सहमति भएको छ । पुरा पढौ

गाउँपालिका अध्यक्ष राजीनामा दिएर स्वतन्त्र उम्मेदवार

अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा बालकृष्ण आचार्यले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनले गाउँपालिकाको अध्यक्ष पदबाट आजै राजीनामा दिएर पुनस् दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । पार्टीमा सरसल्लाह नगरी दलबहादुर भट्टराईलाई गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनाउने सहमति भएपछि आफूले बाध्य भएर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको आचार्यले बताए । पार्टीबाट जस्तो सुकै दबाब आएपनि आफ्नो उम्मेदवारी फिर्ता नहुने भन्दै उनले भने, ुतीन दिन अघिसम्म उम्मेदवार बन्दैन भनेर सुतेको… पुरा पढौ

कास्कीमा टुट्यो सत्ता गठबन्धन

कास्की सत्ता गठबन्धन टुटेको छ । पोखरा महानगरको मेयरमा नेकपा एसलाई सघाउने र बाँकी सबै पदमा एकल उम्मेदवारी दिने कांग्रेस कास्कीले निर्णय गरेको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । उपमेयरका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस भए पनि उम्मेदवारी कसले दिने भन्ने टुङ्गो… पुरा पढौ

पोखराको मेयर र उपमेयरमा विप्लवको पार्टीको उम्मेदवारी

पोखरा महानगरको मेयर र उपमेयरमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले उम्मेदवारी दर्ता गराएको छ । आइतबार नेकपा नेता किसानसिंह गुरुङले मेयरमा र सोममाया विश्वकर्माले उपमेयरमा उम्मदवारी दर्ता गराएका हुन् । विप्लवको पार्टीमा बहुसंख्यक केन्द्रीय सदस्य चुनावमा भाग लिन नहुने पक्षमा छन् । आइतबार पोखराको मेयर र उपमेयरमा गरी १५ जनाको उम्मेदवारी परेको छ । आज स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले र सत्ता गठबन्धनका उम्मेदवारले सोमबार… पुरा पढौ

मेयर बन्न राजीनामा, टिकट नपाएपछि फिर्ता

जनकपुरधाम। मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा फिर्ता लिएका छन्। आइतबार उनले सिरहाको मेयर पदमा उमेदवार बन्न मन्त्रीबाट राजीनामा दिएका थिए। टिकट नपाएपछि उनले राजीनामा फिर्ता लिएका हुन्। उनले दिएको राजीनामा स्वीकृत नहुँदै फिर्ता भएको बताइएको छ। नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका यादव तत्कालीन नेकपाबाट सिरहाको निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट निर्वाचित भएका थिए। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न वहाल रहेको पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको… पुरा पढौ

कांग्रेस पोखराः मेयरमा १८ र उपमेयरमा १० उम्मेदवार

नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि १८ र उपमेयरका लागि १० जनाको आवदेन परेको छ । कांग्रेसको पोखरा महानगर समितिमा मेयर र उपमेयरका आकांक्षीले आइतबार आवेदन दिएका हुन् । मेयरमा आवेदन दिनेमा बाबुराम आचार्य, किशोरदत्त बराल, कृष्णबहादुर केसी, विन्दुकुमार थापा, किरण केसी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराई, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, सुदीपमोहन भट्टराई, नन्दप्रसाद तिवारी, निर्मलप्रसाद कर्मचार्य, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, सरस्वती गुरुङ, कोपिला रानाभाट, विश्व घिमिरे र… पुरा पढौ

माओवादी माछापुच्छ्रेबाट अध्यक्ष र उपाध्यक्ष सिफारिस

माओवादी केन्द्रले माछापुुच्छ्रे गाउँपालिकामा पार्टीको तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार चयन गरिएको छ । गाउँपालिका कमिटीको बैठकले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा इन्जिनियर सुनील दाहाल र नवराज भण्डारी सिफारिस भएका छन् । उपाध्यक्षमा भने प्रविणा अधिकारीको नाममा सहमति जुटेको छ । ९ वडा रहेको पालिकाको अधिकांश वडाका उम्मेदवार सिफारिस भइसकेका छन् । तिस बर्षको उमेरमै इन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सहायक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं