मेयर बन्न राजीनामा, टिकट नपाएपछि फिर्ता

जनकपुरधाम। मधेस प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले राजीनामा फिर्ता लिएका छन्। आइतबार उनले सिरहाको मेयर पदमा उमेदवार बन्न मन्त्रीबाट राजीनामा दिएका थिए।

टिकट नपाएपछि उनले राजीनामा फिर्ता लिएका हुन्। उनले दिएको राजीनामा स्वीकृत नहुँदै फिर्ता भएको बताइएको छ।

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका यादव तत्कालीन नेकपाबाट सिरहाको निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट निर्वाचित भएका थिए।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न वहाल रहेको पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताअनुसार यादवले राजीनामा दिएका थिए। तर, उनको राजीनामा स्वीकृत भइसकेको थिएन। मेयरको टिकट नपाएपछि उनले राजीनामा स्वीकृत नहुँदै राजीनामा दिएका हुन्।