माओवादी केन्द्रले माछापुुच्छ्रे गाउँपालिकामा पार्टीको तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्षका उम्मेदवार चयन गरिएको छ ।
गाउँपालिका कमिटीको बैठकले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि अध्यक्षमा इन्जिनियर सुनील दाहाल र नवराज भण्डारी सिफारिस भएका छन् । उपाध्यक्षमा भने प्रविणा अधिकारीको नाममा सहमति जुटेको छ ।
९ वडा रहेको पालिकाको अधिकांश वडाका उम्मेदवार सिफारिस भइसकेका छन् ।
तिस बर्षको उमेरमै इन्जीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका दाहाल हाल अध्यापनमा संग्लग्न छन्। भण्डारी जनयुद्धकालदेखि नै अखिल क्रान्तिकारीमा आवद्ध हुँदै अहिले प्रदेश कमिटी सदस्य हुन् । प्रविणा पनि विद्यार्थी राजनीतिबाटै आएकी हुन् ।




