समाचार

ठगी मुद्दामा वडा सदस्यसहित ४ पक्राउ

लेकसाइडको फुटट्रायकमा ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् । पोखरा लेकसाइड स्थित फुटट्रायकमा फोटोग्राफीगरे बापत मिलन पहारी समेतले धम्काई प्रतिव्यक्ति १३ हजार ५ सय लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारी पनि छन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् । १५ जनाको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ती ४ जनालाई… पुरा पढौ

कास्कीमा तामाङ पत्रकार संघको २० औं स्थापना दिवस

तामाङ पत्रकार संघको २०औं स्थापना दिवसको अवसर पारेर तामाङ पत्रकार संघ कास्कीले पोखरामा बुधबार शुभकामना आदानप्रदान एवं अन्तक्र्रिया कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार दीपेन्द्र श्रेष्ठले तामाङ पत्रकार संघ कास्कीले पछिल्ला सबै कुरा बुझेर संघको स्थापना गरी आफ्ना कार्यक्रमलाई गतिशील बनाइरहेको भन्दै प्रशंसा गरे । आफ्नो समुदायको भाषा, संस्कृतिको विषयलाई उठान गर्दै क्षमता अभिवृद्धिमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।… पुरा पढौ

प्याब्सनको नेपाली रचनात्मक प्रतियोगिता

प्याब्सन कास्कीले आयोजना गरेको आधारभूत तह स्तरीय नेपाली रचनात्मक प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । मंसिर १५ गते भएको प्रतियोगिताको नतिजा बुधबार सार्वजनिक भएको हो । प्रतियोगितामा सबलाइम माध्यमिक विद्यालयकी सोनिया थापा प्रथम भएकी छन् भने रेन्बो एकेडेमिक होम्सका साहिल राना दोस्रो भएका छन् । बालप्रभात बोर्डिङकी प्रकृति अधिकारी, शान्ति निकेतनकी हर्षी भूत्र्याल र पोखरा पब्लिकका शुभदर्शन केसी क्रमशः तेस्रो, चौथो र पाँचौं भएको प्रतियोगिताका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए… पुरा पढौ

पोखरा महोत्सव पुस २६ देखि

१२ औं पोखरा महोत्सव आगामी पुसको २६ देखि हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुसको २६ देखि माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मूलआयोजक समिति रहने गरी विभिन्न ३४ वटा उपसमिति गठन गरिएको छ । कार्यसम्पादन उपसमिति उपसमितिमा लालकाजी गुरुङ, अतिथि व्यवस्थापन तथा सत्कार उपसमितिमा हिमालय… पुरा पढौ

एनसेलमा अर्बौं घोटाला भएको हुन सक्छः थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलमा अर्बौं घोटाला भएको छ भन्ने अनुमान लगाउन सकिने बताएका छन्। कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै थापाले कानुनको दुरूपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने बताए। ‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ। केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौं रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ,’ महामन्त्री थापाले भने, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’ कांग्रेस सम्मिलित… पुरा पढौ

प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान

नेपाल ना्यय अनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेल भारतमा ‘नाट्यचार्य’ सम्मानबाट विभूषित भएका छन् । असम नेपाली नाट्य सम्मेलनले भारतको असम, सिमलगुढीमा भएको कार्यक्रममा उनलाई सम्मान गरेको हो । भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्याय, महासचिव नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले पोखरेललाई सम्मान गरेका हुन् । प्राडा पोखरेललाई दार्जीलिङ जर्नल पब्लिकेशनले ‘दार्जीलिङ जर्नल सम्मान’, मणि खवास स्मृति प्रतिष्ठान सिलगढीले ‘मणि खवास स्मृति प्रतिष्ठान सम्मान २०२३’ साथै सिलगढी नेपाली… पुरा पढौ

एसओएसमा विज्ञान प्रदर्शनी

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा विज्ञान प्रदर्शनी भएको छ । विद्यालयमा प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबले आयोजना गरेका हुन् । विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । विद्यार्थीले आफ्ना प्रदर्शनीलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए । तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो । भौतिक विज्ञान, जीव… पुरा पढौ

भारतमा नेपाली नाट्य अनुष्ठानको शाखा

नेपाल नाट्य अनुष्ठानको शाखा भारतामा गठन भएको छ । अनुष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखेलको अध्यक्षतामा हालै भएको भेलाले शाखाका रुपमा भारतीय नेपाली नाट्य अनुष्ठान गठन गरेको हो । नाटक विधाको विकास गर्ने अभिप्रायले गठित संस्थाको अध्यक्षमा डा. विजय रुचाल (सिलगढी) छन् । उपाध्यक्षमा डा. सुकराज दियाली (सिलगढी), महासचिव जिके शर्मा (सिक्किम), सचिव खेम सापकोटा (सिलगढी) र कोषाध्यक्षमा प्रणिषा रुचाल (सिलगढी) छन् । संस्थाका सदस्यमा राजु हिमांशु (खरसाङ) र उर्मिला घिसिङ… पुरा पढौ

पर्वतमा २ सहकारीका ८ जना सञ्चालक पक्राउ

सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका… पुरा पढौ

पोखरामा दन्त रोगको अन्तर्राष्ट्रिय सम्मेलन

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय मुख तथा दन्त स्वास्थ्य सम्मेलन पोखरामा भएको छ । सम्मेलनमा नेपाल र वंगलादेशका गरी १ सय ५० जना सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सामाजिक विकास र स्वास्थ्य क्षेत्रमा बराबरी बजेट विनियोजन गरी जनस्वास्थ्यमा केन्द्रीत हुन खोजेको सुनाइन् । उनले सर्वसाधारणको दन्त तथा मुख स्वास्थ्यका समस्या समाधान गर्न र डेन्टल हाइजिनिस्टका माग सम्बोधन गर्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं