समाचार

विश्वमै लोपोन्मुख ३ प्रजातिका चरा भेटिए

गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ मानिएका डङ्गर गिद्ध, लोभीपापी गरुढ र गोमाया महाचिल भेटिएको अनुसन्धानकर्ता कुशल श्रेष्ठले जानकारी दिए । उक्त सामुदायिक वनमा भेटिएका ९९ प्रजातिका चरामध्ये तीन प्रजातिका चरा भने अहिले विश्वमै लोपोन्मुख अवस्था रहेको श्रेष्ठले बताए । गएको वैशाखदेखि कात्तिकसम्म गरिएको अनुसन्धानका क्रममा नेपालमै लोपोन्मुख अवस्था रहेको पौरी बाँज र सानो बैडाइ प्रजातिका… पुरा पढौ

अल्लोबाट घर खर्च

वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो । अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, पछ््यौरा लगायतका सामग्री बनाउछन् । ‘धेरै सामान गाउँमै बिक्री हुन्छ’, उद्यमी जस्मती रोकाले भनिन् । “माग… पुरा पढौ

किराँत सेवा समाजमा अक्षय कोष

किराँत सेवा समाज कास्कीले २ लाख ८१ हजार ५ सय २१ को सहयोग कोष स्थापना गरेको छ । समाजले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २ लाख ८१ हजार ५ सय २१ रुपैयाको सहयोग कोष स्थापना गरेको हो । गत शनिवार किराँत सेवा समाज कास्कीको प्राङगण पोखरा १५ टुटङ्गामा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको थियो । देउसीभैलो कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो… पुरा पढौ

दीपकलाई बाबा आनन्द पुरस्कार

बाबा आनन्द सञ्चार पुरस्कार २०७५ पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित यो पुरस्कार आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापना भएको हो । मंगलबार बसेको प्रतिभा छनोट समिति बैठकले परियारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी १९ हजार ५ सय ५५ रुपैयाँ बनाइएको छ । उनी कान्तिपुर दैनिकमा आवद्ध छन् । पोखरा ३२ निवासी परियारले… पुरा पढौ

जग्गाको करमा ८० प्रतिशत छुट

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि भूमिमा प्रति कट्ठा रु एक लाख ३२ हजारका दरले मूल्याङ्कन गरी नगरपालिकाले कर लगाउँदै आएको छ । त्यसलाई… पुरा पढौ

ताला फोरेको विरोधमा पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आक्रोशित

 पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड साइन्सको डिन कार्यलयमा विद्यार्थीहरुले लगाएको ताला फोरेको विरोधमा विद्यार्थीहरु आक्रोशित भएका छन् । हेल्थ एण्ड साइन्ुका डिन खेमराज जोशीले वार्ता र संवाद नगरी एकतर्फी रुपमा प्रहरीको सहयोगमा ताला फारेको आरोप विद्यार्थीहरुले लगाएका छन् । ताला फोरेको विरोधमा एमपिएच अध्ययनरत विद्याथीहरुले पो वि केन्द्रिय कार्यलयको मुल ढोकामा तालावन्दी गरेको एमविएच अध्ययनरत विद्यार्थी नारायण सापकोटाले जानकारी दिए । उनले विद्यालय प्रशासनले वार्तामा नवोलाई स्ववियु र प्रहरीको… पुरा पढौ

बालगृहहरूको महासंघ गण्डकीमा धनबहादुर

बालगृहहरूको महासंघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले धनबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । महासंघको प्रथम उपाध्यक्षमा डा. राजेन्द्र गौतम, द्वितीय उपाध्यक्ष भगतकुमार श्रेष्ठ, महासचिव बुद्धिबल रम्तेल, सचिव विनोदकुमार नेपाली र कोषाध्य क्षशारदा बस्नेत चयन भए । सदस्यमा शेरबहादुर लामा, अशोक लम्साल, कृष्णकुमारी पन्थी (रानाभाट), सुनिता भुजेल, लालबहादुर बलम्पाकी मगर, हुमा गुरुङ र कल्पना श्रेठ छन् । कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकार बलियो नभएसम्म… पुरा पढौ

एनप्याब्सान खेलकुद महोत्सव १८ गतेदेखि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की)को आयोजनामा एनप्याब्सान खेलकुद महोत्सव हुने भएको छ । महोत्वसवको १२ औं संस्करण मंसिर १८ देखि २१ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो । ‘एनप्याब्सान कास्कीको संकल्प, खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने छन् । महोत्सवलाई सफल बनाउनका लागि एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीको… पुरा पढौ

उपल्लो मुस्ताङमा गुणस्तरिय शिक्षाको अभावःसांसद बिष्ट

गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले उपल्लो मुस्ताङमा गुणस्तरिय शिक्षाको अभाव रहेको बताएका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)द्धारा आयोजित मानव अधिकारको अवस्था तथा नेपालमा मानव अधिकार वर्ष २०१९ को पूर्व समिक्षा कार्यक्रममा बिष्टले उक्त कुरा बताएका हुन् । सांसद बिष्टले तल्लो मुस्ताङमा आधा दर्जन बढी सरकारी आवासिय बिद्यालय रहेको र उपल्लो मुस्ताङमा एकमात्र आवासिय बिद्यालय रहेकाले शिक्षामा गुणस्तरको अभाव खट्किएको दावी गरे ।सरकारी बिद्यालयले दिन नसकेको गुणस्तरिय शिक्षालाई बिभिन्न संघ संस्थाको… पुरा पढौ

नेपाल पुस्तक तथा स्टेसनरी महासंघ लेखनाथमा रामप्रसाद

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ लेखनाथ उपशाखाको पाँचौ साधारणसभा तथा अधिवेशनले रामप्रसाद अधिकारीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको प्रथम उपाध्यक्ष बालकृष्ण सुवेदी, द्धितीय उपाध्यक्ष गणेश खड्का, सचिव चन्द्रकान्त अधिकारी, कोषाध्यक्ष मदन छेत्री र सदस्यमा सुजता सापकोटा, विष्णु पौडेल र भूमिराज पौडेल छन् । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य पुरुषोत्तमराज भण्डारीले लेखनाथमा रहेका पुस्तक तथा स्टेसनरी व्यवसायी एकजुट भएर पेशागत हितमा क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं