समाचार

समृद्ध देश बनाउने जिम्मा युवाको : जीवन

गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बराल (जीवन) ले नागरिकको चाहना अनुरुप समृद्ध तथा नयाँ नेपाल निर्माणको जिम्मेवारी युवा विद्यार्थीको भएको बताएका छन् । पोखरा १९ पुरुन्चौरस्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा आयोजित कार्यक्रममा बरालले विद्यार्थीले अभिभावक र देश बनाउन ठूलो कसरत गर्नुपर्नेमा जोड दिए । अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा सांसद बरालले प्राविधिक शिक्षा आर्जन गरेका विद्यार्थीले समाजमा भएका अपेक्षा पूरा गर्नुपर्ने बताए । उनले तीजसँगै अन्य समयमा प्रस्तुत हुने… पुरा पढौ

पक्राउ परेका रवि समर्थकलाई छाडियो

कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो । यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका… पुरा पढौ

वडाध्यक्षलाई धम्की दिई फिरौती लिने पत्रकारलाई मुद्दा

नेपालगञ्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेका हुन्। अध्यक्ष बेहनाले मुद्दा दायर गरेलगत्तै पत्रकार श्रेष्ठलाई पक्राउ गर्न पुर्जी जारी गरिएको छ। अभद्र व्यवहारसम्बन्धी कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए। मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो।… पुरा पढौ

फेसबुक मार्फत ठगी गर्ने पक्राउ

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन । राईले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको बताउने राईलाई दुई पुरुषले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको… पुरा पढौ

सवारी दुर्घटनामा एकको मृत्यु

चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर र स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । शव परीक्षणका… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र ९ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र ९ गते सोमबार, इस्वीसंवत अगष्त २६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको एकादशी तिथि रातिमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त द्धादशी तिथि लाग्नेछ । आज मृगशिरा नक्षत्र रातिमा १२ बजेर १९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा… पुरा पढौ

तीजगीतमा समृद्धि महिला समूह प्रथम

पोखरा वृद्धाश्रमको सांस्कृति विकास उपसमितिले आयोजना गरेको तीजगीत प्रतियोगितामा समृद्धि महिला समूह प्रथम भएको छ । प्रतियोगितामा दोस्रो जागरण आमा समूह, तेस्रो ढुंगेसाँघु सीतापाइला आमा समूह र सान्त्वना नमुना आमा समूह बनेका छन् । विजयी समूहहरुले क्रमश ६, ४, २ र १ हजारसहित प्रमाणपत्र पाएका छन् । उत्कृष्ट भेषभूषामा मिलनसार आमा समूह र सीतापुरी युवा क्लबले उत्कृष्ट नृत्यको उपाधि पाएका छन् । मिलनसार र सीतापुरीले प्रमाणपत्रसहित १, १ हजार पुरस्कार… पुरा पढौ

पूर्वाञ्चल सेवा समाजमा नयाँ समिति

पूर्वाञ्चल सेवा समाज कास्कीको १५ औं साधारणसभा तथा ९ औं अधिवेसनले नयाँ समिति चुनेको छ । अधिवेसनले गोपाल खड्काको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । समितिका वरिष्ठ उपाध्यक्ष दोर्जे तामाङ, प्रथम उपाध्यक्ष बालकुमार लुइटेल, द्वितीय उपाध्यक्ष कुलप्रसाद पौडेल, सचिव मीनबहादुर दुलाल –मीलन), सहसचिव श्रीमान थापा र कोषाध्यक्ष शान्ता खनाल छन् । संस्थाका सदस्यमा भीमप्रसाद लुंगेली, कमलादेवी कटवाल, शंकर लुइटेल र सृजना पोख्रेल छन् । साधारणसभामा गण्डकी प्रदेशका उपसभामुख सिर्जना… पुरा पढौ

सांसदले स्थापना गरे पत्रकारिता पुरस्कार, चाडै अर्काे अक्षय कोष

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारको लागि ६ लाख रुपैयाँ अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् । प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकारलाई हरेक वर्ष नगद ५१ हजार सहित सम्मान गरिनेछ । सो… पुरा पढौ

खुकुरी प्रहार गर्ने २ जना पक्राउ

दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई युवा पक्राउ परेका छन्। घोराही–१५ को  भ्याली कलेज नजिकै १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरी घाइते बनाउने   सोही स्थानका २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई  पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिएका छन् । घाईते बर्तौलालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ  । घटना किन र कसरी भयो भन्ने बारे प्रहरीले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं