समाचार

आजको राशिफल (२०७६ भाद्र १४ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १४ गते शनिबार, इस्वीसंवत अगष्त ३१ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको प्रतिपदा तिथि दिनमा ३ बजेर ५४ मिनेटसम्म त्यसउप्रान्त द्वितीय तिथि लाग्नेछ । आज पूर्वाफाल्गुणी नक्षत्र दिनमा ४ बजेर ५१ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सिद्ध, करणमा… पुरा पढौ

न्यूरोड आगलागी पीडितलाई पोखरा उद्योग वाणिज्य संघको सहयोग

पोखरा उद्योग वाणिज्य संंघले पोखरा–९, न्यूरोडमा रहेको एस मिनी मार्केटमा भएको आगलागीबाट पीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । गएको साउन २८ गते भएको आगलागीबाट संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), ध्रुव इलेक्ट्रिक वक्र्स (प्रोपाइटर ध्रुबबहादुर थापा) थियो । संघमा शुक्रबार आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष दामु अधिकारीले सदस्यद्धय ढुंगाना र थापालाई जनही सान्त्वना रकमवापत २५/२५ हजार रुपैयाँ प्रदान गरेका हुन् । सो रकम हस्तान्तरणगर्दै… पुरा पढौ

दुई युवाद्धारा बालिका बलात्कृत, बालिका विक्षिप्त अवस्थामा

सप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन्। घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन्। उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा पुगेपछि आफू बेहोस भएको बताइन्। आरोपितहरुले राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि… पुरा पढौ

नेकपा विद्यार्थी संगठन ३३५ सदस्यीय

नेकपामा एकता प्रक्रिया टुंगिँदै गएपछि भातृ संगठनहरुको पनि एकता त्यही गतिमा जारी छ । अनेरास्वबियूका फ्याक्सन ईञ्चार्ज, सह ईञ्चार्ज, संयोजक र सहसंयोजकसहित शुक्रबार बसेको बैठकले संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राख्ने निर्णय गरेको छ । युनियनको केन्द्रीय समिति ३३५ सदस्यीय हुनेछ । यसमा पूर्व अनेरास्ववियुबाट १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने छन् । युनियनको केन्द्रीय समितिको बैठक आगामी भदौ ३१ र असोज १ गते काठमाडौंमा भएको… पुरा पढौ

यातायत कार्यालयका तीन कर्मचारी घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्टसहित ३ जनालाई घूस र स्रोत नखुलेको रकम लिएको आरोपमा पक्राउ गरेको छ । निमित्त प्रमुख सिंह सँगै अधिकृतहरु भुवन जोशी र जयराज कारीगरलाई पक्रउ गरेको हो । उनीहरुलाई सेवाग्राहीको गाडी विक्री गरी नामसारी गरिदिएबापत रू. १ हजार ५०० र स्रोत नखुलेको रू. १ लाख ५१ हजार बोकी हिँडेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीहरुलाई… पुरा पढौ

पशुपतिमा आरती अघि राष्ट्रिय धुन बजाउन मन्त्रीको निर्देशन

 पशुपति मन्दिरमा हेरक दिन हुने साँझको आरती गर्नुअघि राष्ट्रिय गान बज्ने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतीमा साँझपख हुने आरती भन्दा अगाडी अनिर्वाय राष्ट्रिय गित बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएका छन्। आजै साँझको आरती भन्दा अगाडी राष्ट्रिय गित बज्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास समितिले जनाएको छ । पुरा पढौ

मानव सेवा आश्रमलाई डागर स्मृति पुरस्कार

यस वर्षको डागर स्मृति समाजसेवा पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरिने भएको छ । आश्रमले ८ सय जना खुला आकाशमुनि रात बिताउन विवश घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानिसलाई साहारा दिँदै आएको छ । आश्रमलाई यही भदौ १७ गते हुने समारोहमा पुरस्कृत गरिनेछ । डागर स्मृति प्रतिष्ठानबाट स्थापित एवं सञ्चालित यो पुरस्कारको राशि नगद १० हजार ५ सय र सम्मानपत्र छ । समाजसेवी राजन प्रासर डागरको स्मृतिमा… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १३ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १३ गते शुक्रबार, इस्वीसंवत अगष्त ३० तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको अमावश्य (औंशी) तिथि दिनमा ४ बजेर २१ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि लाग्नेछ । आज मघा नक्षत्र साँझमा ६ बजेर ३१ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा शिव,… पुरा पढौ

आज कुशेऔंशी, कुशकै कारण सर्पको दुई जिब्रो !

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । जुन पर्व आज मनाइँदै छ । कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । हरेक वर्षको भाद्रकृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमान कहाँ… पुरा पढौ

तीजबाट सकारात्मक ऊर्जा आउँछ : स्मीता

हिन्दू नारीको महान पर्व तीजलाई धार्मिक मान्यतामा मात्र सिमित राख्न नहुनेमा जोड दिइएको छ । सामाजिक शैक्षिक तथा वातावरणीय विकास प्रतिष्ठान (सिड फाउन्डेसन)ले आयोजना गरेको एक हप्ते सीपमूलक तालिम समापन समारोहमा बोल्ने बक्ताले यस्तो बताएका ह्न् । महिलाप्रतिको नकारात्मक र विभेदकारी भावना हटाउन सकारात्मक ऊर्जा प्रवाह गर्न पनि तीजमा भेटघाट र रमाइलो जरुरी भएको उनीहरुले बताए । सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारी तिवारीले महिलाप्रति सकारात्मक सोच र संम्मानपूर्ण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं