समाचार

हरितालिका तीज : यस्ता छन् फाइदा र व्रत गर्ने विधि

हरितालिका तीज नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । तीजमा भगवान शिवको आराधना मुख्यरुपमा गरिन्छ । चैत्रादि गणना अन्तर्गत भाद्रपद छठौं मास हो । यस महिनाको पूर्णिमाको आसपास पूर्वाभाद्रपदा नक्षत्र आउँदछ । त्यसैले यस महिनालाई ‘भाद्रपद’ भनेर पनि चिनिन्छ । यस महिनाको अर्को नाम हो ‘नभस्य’ । भाद्रपद महिनामा श्रीविष्णुको कृपाको लागि मह र घी प्रयोग गरि बनाएको खीरको साथ गुडभात एवं नुनको दान दिने विधान वामनपुराणमा उल्लेख छ ।… पुरा पढौ

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाकाे मृत्यु भएकाे छ । सुनसरीकाे कोशी गाउँपालीका ३ का ३२ बर्षीय अनमोल मुखियाकाे मृत्यु भएकाे हाे । स्थानीय खरे खोलामा माछा मार्ने क्रममा हात्तीको आक्रमणबाट उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । पुरा पढौ

खोलामा डुबेर एक बालकको मृत्यु

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको विग्ही खोलामा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरी गापा–१ पर्साटोल बस्ने मो उवेस नट्टका छोरा २ वर्षीय मो ईरफान नट्ट रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन्। खोला छेउमै रहेको सो टोलमा बस्ने बालक नट्ट खोलाको बाँधमाथि खेलिरहेका बेला अचानक लडेर खोलामा पुगेपछि खोलाले बालकलाई बगाएको थियो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको… पुरा पढौ

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग

दूध उत्पादक किसानहरुले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपालले पत्रकार सम्मेलन गरी दूधको मुल्य बढाउन माग गरेको हो ।  विगत तीन वर्षदेखि सरकारले दूधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग गरेको हो । आफूहरुको उत्पादन लागतमा विगत तीन वर्षयता ३० प्रतिशतभन्दा बढी मुल्यबृद्धि भएको जनाउँदै दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने उनीहरुको… पुरा पढौ

आजको राशिफल (२०७६ भाद्र १५ गते आइतबार)

आजको पञ्चांग आज मिति २०७६ भाद्र १५ गते आइतबार, इस्वीसंवत सिताम्वर १ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको द्धितीय तिथि दिनमा ३ बजेर ५४ मिनेटसम्म त्यसउप्रान्त तृतीय तिथि लाग्नेछ । आज उत्तराफाल्गुणी नक्षत्र दिनमा ४ बजेर ५१ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा सिद्ध, करणमा… पुरा पढौ

काफ्ले समाज कास्कीको साधारणसभा

काफ्ले समाज कास्कीको तेह्रौँ साधारण सभा तथा तीज विशेष कार्यक्रम शनिबार सम्पन्न भयो । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । डि भिलेज रेस्टुरेन्ट चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा प्रमुख अतिथि काफ्ले समाज केन्द्रका केन्द्रीय कार्यसमितिका अध्यक्ष गुणराज काफ्लेले काफ्लेको उन्नति र प्रगतिका लागि सबै एकजुट हुन आग्रह गरे । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खेम काफ्ले, देव कृष्ण काफ्ले, क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद काफ्ले, काफ्ले समाज कास्कीका सल्लाहकार ई.… पुरा पढौ

मादी ७ मजुवामा तीज मेला

नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा भाद्र १५ र १६ गते मादी ७, छाचोक, मजुवामा शुकामना तिज मेला – २०७६ हुने भएको छ । शुभकामना क्लबद्वारा आयोजित कार्यक्रममा तिज गित प्रतियोगिता, वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी लगायतका खेल हुनेछन् । यसका साथै अमर धिताल , भविकला मगर लगायत स्थानिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रम रहने क्लबका क्लाबका अध्यक्ष दीपक शाहीले जानकारी दिए। विगतका वर्षमा १ दिनको मेला लाग्ने गरेकोमा यस वर्ष… पुरा पढौ

सरस्वती टीकाको वार्षिकोत्सवमा १४ जना सम्मानित

पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित सरस्वती टीका माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थी एवम् शिक्षकलाई सम्मान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले गुणस्तरीय शिक्षा बर्तमानको आवश्यकता भएको बताउँदै शिक्षाको गुणस्तरीयता अभिबृद्धिका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका कारण विद्यालयका साथै यस क्षेत्रको समग्र विकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए । सो… पुरा पढौ

अब सबै चाडपर्वका विकृति विरुद्ध अभियान

नेपाली महिलाले धुमधामका साथ मनाउने हरितालिका तीजका विसंगति हटाउन अभियान चलाएको नारी जागरण अभियान पोखराले सबै चाडपर्वलाई विकृति, विसंगति मुक्त र मौलिक रुपमा मनाउन आग्रह गरेको छ । शनिबार आयोजित कार्यक्रममा अभियान संयोजक अञ्जु केसीले तीज पर्वलाई तडकभडकरहित रुपमा मनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरिन् । उनले अब आउन लागेका दसैं, दीपावली लगायतका पर्वलाई पनि मितव्ययी ढंगले मनाउन र विकृति नियन्त्रण गर्न अभियान चलाउने घोषण गरिन् । यसपालिको दर… पुरा पढौ

उमालाई सिआइएस पत्रकारीता पुरस्कार

सामुदायिक सूचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६ उमा आलेमगर सम्मानित भएकी छन् । माछापुच्छ«े गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा र गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले नगद ११ हजार १ सय ११ रुपियाँ, दोसल्ला र सम्मानपत्रले उनलाई सम्मान गरेका हुन् । पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की र एफएम रेडियो नेटवर्क अनलाइनमा कार्यरत उमा पत्रकार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं