मादी ७ मजुवामा तीज मेला

नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा भाद्र १५ र १६ गते मादी ७, छाचोक, मजुवामा शुकामना तिज मेला – २०७६ हुने भएको छ ।

शुभकामना क्लबद्वारा आयोजित कार्यक्रममा तिज गित प्रतियोगिता, वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो, रस्साकस्सी लगायतका खेल हुनेछन् । यसका साथै अमर धिताल , भविकला मगर लगायत स्थानिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रम रहने क्लबका क्लाबका अध्यक्ष दीपक शाहीले जानकारी दिए।

विगतका वर्षमा १ दिनको मेला लाग्ने गरेकोमा यस वर्ष २ दिनको मेला गर्न लागेको क्लवले जानकारी दिएको छ । खुल्ला तिज गित प्रतियोगिताको विजयीहरुलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको मुल आयोजक समितिका सचिव गंगादत्त सापकोटाले जानकारी दिए । प्रतियोगितामा १५ भन्दा बढि समुह सहभागी हुने अनुमान छ ।

वडा स्तरीय भलिबल प्रतियोगिताका विजेतालाई मेडलसहित ट्रफि र आर्कषक पुरस्कार रहेको आयोजक समितिका गणेश सापकोटाले बताए । उक्त प्रतियोगितामा १५ टिम सहभागी हुने अनुमान छ । model pix