सामुदायिक सूचना समाज, पोखराले सुचनाको हक वा सुसासनका क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने सिआइएस पत्रकारीता पुरस्कार २०७६ उमा आलेमगर सम्मानित भएकी छन् ।
माछापुच्छ«े गाउँपालिकामा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सुचना आयुक्त कृष्णहरि बाँस्कोटा र गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीले नगद ११ हजार १ सय ११ रुपियाँ, दोसल्ला र सम्मानपत्रले उनलाई सम्मान गरेका हुन् । पोखराको गण्डकी टेलिभिजन, रेडियो कास्की र एफएम रेडियो नेटवर्क अनलाइनमा कार्यरत उमा पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य हुन् ।
आयुक्त बास्कोटाले सूचना पाउने सबैको अधिकार भएको बताउँदै सूचना लुकाउनेलाई कारवाही हुने बताए । उनले भने, ‘सूचनाको हक संविधानमै उल्लेख गरिएकाले सुचना उपलब्ध बाध्यात्मक हो ।’ वास्कोटाले जनप्रतिनिधिह र राष्ट्रसेवक कर्मचारीका लागि स्थानिय सरकार सञ्चालनका विधि तथा सूचनाको हकबारे सहजीकरण पनि गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले समाजमा सुशासन कायम गर्न सामुदायिक सुचना समाजसँग सहकार्य गर्न अख्तियार तयार रहेको बताएका थिए ।
सम्मानित पत्रकार आलेमगरले सूचना छिटोछिरितो उपलब्ध गराउन आग्रह गरिन् । उनले सम्मानले थप हौसला प्रदान गरेको बताइन् ।
कार्यक्तममा सूचना समाज पोखरा अध्यक्ष दीपक आचार्य, पत्रकार यदुनाथ बञ्जरा, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्की र पुरस्कार छनोट समितिका संयोजक माधव पनेरुले बोलेका थिए ।
कार्यक्रम माछापुच्छ«े गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी पौडेल दवाडीको अध्यक्षतामा भएको हो ।






