मसालको पोलिटब्युरो सदस्य थापा पार्टी बाट निष्कासित

अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ ।

५ दशकदेखि पार्टीमा काम गर्दै आएका उनलाई पार्टीले गम्भीर आरोप लगाएर निस्कासन गरेको  हाे ।  भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा समेत महत्वपूर्ण योगदान दिएका उनलाई   ‘हाँक’ साप्ताहिकको प्रकाशक तथा प्रधान सम्पादकबाट समेत हटाएको छ ।

हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र हाँक थापाका नाममा दर्ता गरिएको हुनाले नामसारी गरिदिन पार्टीले गरेको आग्रह थापाले नमानेको आरोप लगाउँदै उनलाई कारवाही गरिएको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।