योगमार्फत नागरिकलाई स्वस्थ बनाउने उद्देश्यले केदारेश्वरमा योग केन्द्र खुलेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीमा केदारेश्वर योग केन्द्र दर्ता भएको हो ।
केन्द्र अध्यक्ष गुणराज आचार्य, उपाध्यक्ष गोबिन्दराज पहारी, सचिव मीनाकुमारी श्रेष्ठ र कोषाध्यक्ष रविलाल पौडेल छन् । केन्द्रका सदस्यमा सुमित्रा श्रेष्ठ, अनिरुद्र आचार्य, बालकुमारी गुरुङ, मैनादेवी रावत, मीनबहादुर आचार्य, कृष्णकुमारी गुरुङ र हेमराज पहारी छन् । ७ वर्षअघि सुरु भए पनि केन्द्र औपचारिक रुपमा अहिले दर्ता भएको हो ।
केन्द्रमा बिहान साढे ४ बाट ६ बजेसम्म दिनहुँ योग सिक्ने, सिकाउने गरिन्छ । यहाँ गुणराज आचार्य र गोपाल श्रेष्ठले योग प्रशिक्षण दिने गरेका छन् । गोपाल एचआइभी संक्रमित हुन् । उनले यसपालि सगरमाथा आरोहण गरेका थिए । केन्द्रका उपाध्यक्ष गोबिन्दराजले १२ प्रकारका विभिन्न योगाभ्यामार्फत नागरिकलाई स्वस्थ राख्न केन्द्र स्थापना गरिएको बताए ।
केन्द्रमा प्रवेशका लागि १ हजार र प्रतिमहिना २ सय तिर्नुपर्छ । पहारीले गाउँ गाउँमा योगबारे सचेतना र योगाभ्यास सिकाउन योगा ट्रेकलाई पनि निरन्तरा दिइने जानकारी दिए ।




