समाचार

एनटिएचएमसी–उद्यमी मञ्चबीच सम्झौता

विद्यार्थीलाई इन्टर्नसिप र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज(एनटिएचएमसी) र नेपाली युवा उद्यमी मञ्च पोखरा बीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरामा भएको उक्त सम्झौताले शैक्षिक संस्था र व्यावसायिक क्षेत्रबीच सहकार्य गरी पर्यटन तथा आतिथ्य क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सघाउने लक्ष्य राखेको छ । कलेजका प्राचार्य प्रकाश रेग्मीले शैक्षिक र उद्यमशीलता क्षेत्रबीचको दूरी घटाएर व्यवहारिक ज्ञान र व्यवसायिक अवसरलाई एकीकृत गर्न यो… पुरा पढौ

यस कारण गाउँ छाडेको थियो हायूको परिवारले

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवार पोखरा आइपुगेको छ । उर्मिला हायूसहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका हुन् । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले जानकारी दिएका छन् ।… पुरा पढौ

एनआरएनए युके अध्यक्षमा पुडासैनी, खुला सचिवमा खराल

एनआरएनए यूके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनीले अध्यक्षका अरु दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै संस्थाको नेतृत्व पाएका हुन् । अध्यक्ष पदमा विजयी पुडासैनीले १४८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरु गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत पाए । खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले १७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमश ११९६ र… पुरा पढौ

श्रमिक समुदाय मोर्चा कास्कीमा अमृत

नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन श्रमिक समुदाय मोर्चा नेपाल कास्की जिल्लाको तेस्रो जिल्ला भेलाले अमृत सीको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । कार्यक्रममा नेकपा कास्की इन्चार्ज आस्था सीले एकीकृत जनक्रान्तिमार्फत् नेपालमा साम्यवादसम्मको यात्रा सफल हुन सक्ने बताइन् । नेकपा कास्की सेक्रेटरी उमेश सीले श्रमिक समुदायको उत्थान, सशक्तीकरणसँगै जनताको अधिकार र अग्रगामी परिवर्तनका लागि मोर्चाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सचिवसमेत रहेका… पुरा पढौ

सुक्खा आँखाको समस्या बढ्दो, कसरी समस्या कम गर्ने ?

तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ । आँखा पोल्ने, बिझाउने, रातो हुने, धमिलो भएजस्तो महसुस हुने समस्या भोग्नुभएको छभने सुक्खा आँखाको समस्या हुनसक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । उहाँका अनुसार सुक्खा आँखा भन्नाले आँखामा आँसुको मात्रा पर्याप्त नहुनु वा भएको आँसु छिटो… पुरा पढौ

गणित शिक्षा परिषदमा खगेन्द्रराजको नेतृत्व

गणित शिक्षा परिषद कास्कीको सातौँ जिल्ला अधिवेशन आइतबार आगामी ३ वर्षे कार्यकालका लागि खगेन्द्रराज बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरी सम्पन्न भयो । एस ओ एस हरमन माइनर गण्डकीको व्यवस्थापनमा भएको अधिवेशनबाट उपाध्यक्ष भूमिराज अधिकारी, सचिव ध्रुवराज पौड्याल, सहसचिव महेन्द्र पौडेल, कोषाध्यक्ष यादबहादुर अधिकारी र सहकोषाध्यक्षमा हरिकृष्ण पोखरेल चुनिए । नयाँ समितिका सदस्यमा ईन्द्रप्रसाद तिम्सेना, वसन्तराज सापकोटा, जयराम पौडेल, कलादेवी बराल, इन्दिरा अधिकारी, कृष्णप्रसाद चापागाईँ र विश्वप्रकाश सुवेदी छन् ।… पुरा पढौ

गण्डकीमा ६ सयलाई डेंगी, आधा संक्रमित पोखराका

गण्डकी प्रदेशमा गत पुसयता ६ सय ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेंगी संक्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा १ सय ६९ जनामा डेंगी संक्रमण देखिएकोमा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको संक्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३ सय ७, तनहुँमा १ सय १, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत… पुरा पढौ

जेब्रा झोलाभित्र नवजात शिशुको शवः बाबु पक्राउ

पोखरा महानगरपालिका वडा नं १४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा फेला परेको नवजात शिशुको शव प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २०८१ असोज १३ गते साँझ करिब सवा ५ बजे जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो, गुलाबी रंगको ब्लाङ्केटले ढाकिएको अवस्थामा नवजात छोरा शिशुको शव फेला परेको थियो। सूचना प्राप्त भएपछि तत्कालै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा… पुरा पढौ

कास्कीमा नेकपा र कार्यकर्तासमेत उत्पादन अभियानमा

नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय नीति अनुरुप कास्कीमा पार्टीसहित नेता, कार्यकर्ताले उत्पादन अभियान थालेका छन् । नेकपा कास्कीले पोखरा–३०, शिशुवामा ७ रोपनी जमिन भाडामा लिएर पोखरेली जेठोबुढो रोपेको छ । यहाँ असार २५ गते रोपाइँ भएको हो । पोखरा १४ को छिनेडाँडामा दुई रोपनीमा असार ३० गते धान रोपिएको छ । यसरी नेकपा कास्कीले यसपालि ९ रोपनीमा धानखेती गरेको हो । नेकपा कास्की सेक्रेटरी उमेश… पुरा पढौ

कक्षाकोठामै झुन्डिइन् शिक्षिका, ऋणको चुंगलमा थिइन्

धनुषाको मिथिला नगरपालिका–८ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका कक्षाकोठामै झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर साउन १ गते बिहान विद्यालयको बाल विकास कक्षामा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धान अनुसार उनी जनकपुरधाम–९ का मिटरब्याजी राजकिशोर यादवसँग लिएको ऋणको मानसिक तनावमा थिइन्। उनले यादवसँग ३ लाख २० हजार ऋण लिएको र तिरेको भए पनि यादवले खाली चेकमा ४५ लाख माग गर्दै बारम्बार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं