प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार

पोखरास्थित नारीउत्थान दिदीबहिनी समूहद्वारा स्थापित नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार २०८२ बाट गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीलाई सम्मान गरिएको छ ।

समूहको मबाह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनमा उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा समाजसेवी झपीन्द्रराज रेग्मीले नारीको हकहित संरक्षण गर्दै सामाजिक विकासमा नारीहरूको संलग्नता बढाउने उद्देश्यले स्थापित नारी उत्थान दिदीबहिनी समूहले पुरस्कारसमेत् स्थापना गरी योग्य प्रतिभालाई प्रदान गर्दै आएकोमा खुसी व्यक्त गरे ।

प्रतिभा छनोट समिति संयोजक महाकाव्यकार माधव वियोगीले भण्डारीले समाजसेवा र पत्रकारिताका विविध विधामा दिएको विशिष्ट योगदान अन्यका लागि पनि प्रेरणादायी भएकाले उनको नाम सिफारिश गरिएको जनाए ।

छनोट समितिमा संस्थाकी अध्यक्ष जानुका पौडेल,प्रमुख संरक्षक सरिता घिमिरे र अधिवक्ता जानकी शर्मा सदस्य रहेका थिए । यस अघि सो पुरस्कार सुष्मा पौडेल र विना सिलवालले पाईसकेका छन् ।

पुरस्कार ग्रहण गर्दै भण्डारीले आफूले पत्रकारिता र समाजसेवामार्फत् गरेका कार्यको उच्च मूल्यांकन गरी पुरस्कार प्रदान गरेकोमा खुसी व्यक्क्त गरिन् । उनले भनिन्, “यतिबेला मैले आफ्ना जन्मदिने मातापिता, घरपरिवारलाई सम्झी रहेकी छु जसले मलाई यश क्षेत्रमा लाग्न प्रेरित गरे ।’

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक सरिता घिमिरेले आफू संस्थाको समुन्नतिका लागि सदैव खटिरहने प्रति बध्दता जनाइन् । अध्यक्ष जानुका पौडेलको अध्यक्षता र सचिव शारदा सुवेदीको संचालनमा भएको सो समारोहमा सहसचिव मुना सुवेदीले स्वागत गरेकी थिइन् भने समाजसेवीहरू बुध्दिबहादुर थापा, भुवानी भट्टराई,कृष्ण खत्री, प्रेमराज अधिकारी, शान्ति थापा,नारायण भट्टराई,देवीबहादुर थापा,जानकी शर्मा,शिवराज न्यौपाने र शुकदेव गौतमले बोलको थिए ।

संस्थाको अधिवेशनले कार्यसमिति अध्यक्षमा शारदा सुवेदी, उपाध्यक्षमा शान्ति थापा, सचिवमा पार्वती अधिकारी, सहसचिवमा रीता सुवेदी र कोषाध्यक्षमा पुनम थापा(जमुना) लाई चुनेको छ । सदस्यमा मधुमाया सुवेदी, मनिषा दाहाल, कृष्णकुमारी थापा, दुर्गा मल्ल, मिना थापा र तृष्णा आले तथा सँस्कृतिक उपसमिति संयोजकमा भीमादेवी अधिकारी सर्वसंमत् भएका छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।