मुख्य समाचार

वन अधिकृत चार लाख घुससहित पक्राउ

 जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख वन अधिकृत (डीएफओ) भक्तबहादुर लामा ४ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । डीएफओ लामालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो । काठको छुटपूर्जी म्याद थपका लागि उनले सेवाग्राहीसँग घुस रकम मागेको जनाइएको छ । प्रवक्ता तथा सहसचिव प्रदिपकुमार कोइराला लामा पक्राउ भएको पुष्टि गरेका छन् । उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । पुरा पढौ

लेखा अधिकृत भागेपछि बेनी नगरपालिका अस्तव्यस्त

 आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ । नगरपालिकाको प्रशासन तथा लेखा शाखामा भुक्तानी गर्नुपर्ने सयौँ योजनाका फाइलको चाङ लागेको छ । बेनी नगरपालिकाको स्वीकृत… पुरा पढौ

दूताबासको पत्र प्रधानमन्त्रीलाई देखाएँको हुँ : कृषिमन्त्री

 कृषिमन्त्री चक्रपाणि खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् । दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमै बोलेको र जसका कारण लज्जित हुनु परेको भन्दै प्रधानमन्त्रीले माफी मागेका थिए । कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका छन् । शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ ।… पुरा पढौ

वर्षाले राजमार्ग दुई दिनदेखि अवरुद्ध

 लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो । सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने–आउने यात्रु अलपत्र परेका छन् । ठाडो खोलामा आएको बाढीले सडक अवरुद्ध पारेपछि सयौं सवारीमा सवार हजारौँ यात्रु अलपत्र परेको सवारी चालक प्रशान्त… पुरा पढौ

६६ यात्रु बोकेको यतिको एटीआर विमान दुर्घटना

 त्रिभुवन विमानस्थलमा यतिको एटीआर विमान दुर्घटना हुँदा दुई जना गम्भिर घाइते भएका छन् । विमान धावनमार्गबाट चिप्लियो ट्याक्सी वेमा पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको जनाइएको छ । कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो । विमानमा सवार यात्रुहरुमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित… पुरा पढौ

कार्यक्रमस्थलबाटै ‘लखेटिए’ मन्त्री पण्डित

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित कार्यक्रमस्थलबाटै ‘लखेटिएका’ छन् । मन्त्री पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलबाट चर्को नाराबाजी लगाउँदै लखेटेका हुन् । शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै धपाएका हुन् । शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए ।… पुरा पढौ

महिला सिडियोको जनताको सेवा गर्ने यो तरिका…

‘कर्मचारी सेवाग्राहीलाई टेर्दैनन्, स साना कुरामा पनि असाध्यै दुःख दिन्छन्, न समयमा सेवा दिन्छन् न त व्यवहार नै राम्रो छ’ अधिकांश सरकारी सेवा लिन जानेहरूको साझा प्रश्न हो यो । तर जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मङ्गलवार साँझ केही फोटाहरू आफ्नो फेसबुकमा पोस्ट गरिन् । सेवाग्राहीलाई दुई हात जोडी मुस्कुराउँदै नमस्कार गरेकोदेखि सेवा दिँदै गरेको, छुट्टा छुट्टै र सामूहिकरुपमा अँगालो हालेको र सोफामा बसाएर चिया पिलाएकोसम्मका दृश्यहरूले निजामती कर्मचारीमाथि… पुरा पढौ

मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।  यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।  महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद्… पुरा पढौ

प्रहरीसँग प्रतिरोध गर्दा भोजपुर घटना भएको विप्लव समूहद्वारा स्वीकार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २५ गते आफ्नो पार्टीले प्रहरीसँग प्रतिरोध गर्दा पार्टी नेता प्रशान्तको सहादत्त भएको जनाएको छ । सो पार्टीको सगरमाथा ब्यूरो इन्चार्ज अधिकारले एक विज्ञप्ति जारी गर्दै प्रहरी सञ्जिव राईसँग प्रतिरोध गर्ने क्रममा पार्टीका ओखलढुंगा इन्चार्ज समेत रहेका सगरमाथा ब्यूरो सदस्य प्रशान्तको शहादत्त भएको बताएका हुन् ।  विज्ञप्तिमा गत जेठ ७ गते भोजपुरको टेम्के मयुम गाउँपालिकामा मारिएका तिर्थराज घिमिरेलाई समेत सञ्जिव राईसहितको प्रहरी टोलीले… पुरा पढौ

बिपी प्रतिष्ठान धरानका उपकुलपति ८ लाख घुससहित रंगेहात पक्राउ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डा रौनियार र अर्का डाक्टर रामहरी रौनियार घुस रकमसहित पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार उनीहरु ८ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा धरानबाट पक्राउ परेका हुन्। ‘घुस रकम लिइरहेको अवस्थामा प्रतिष्ठान परिसरमा रहेको उपकुलपति निवास धरानबाट रंगेहात उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ प्रवक्ता कोइरालाले जानकारी दिए। उनीहरुका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं