वन अधिकृत चार लाख घुससहित पक्राउ

 जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख वन अधिकृत (डीएफओ) भक्तबहादुर लामा ४ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।

डीएफओ लामालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो । काठको छुटपूर्जी म्याद थपका लागि उनले सेवाग्राहीसँग घुस रकम मागेको जनाइएको छ ।

प्रवक्ता तथा सहसचिव प्रदिपकुमार कोइराला लामा पक्राउ भएको पुष्टि गरेका छन् । उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।