मुख्य समाचार

नेपालीले अब युएई भ्रमण गर्न नपाउने !

संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि भ्रमण भिषा नदिने भएको छ । युएईले यो नियम यहि असार ३० गते सोमबारदेखि लागू गर्ने भएको छ । आवुदावी संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले आइतबार एक सूचना जारी गर्दै असार ३० गतेदेखि नो अब्जेसन सर्टिफिकेट जारी नगर्ने जानकारी दिएको छ । सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिषामा आउन चाहने संयुक्त इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा,… पुरा पढौ

नेकपाले क-कसलाई बनाउँदैछ जिल्ला इन्चार्ज र सहइन्चार्ज ? (७७ जिल्लाको सूची)

कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिन लागेको छ ।  केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार पारेको नेकपाका एक स्थायी कमिटीले जानकारी दिए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणबाट फर्किएपछि सचिवालयको बैठक बसेर कार्यविभाजनको टुंगो लगाउन लागिएको नेकपाका नेताले जानकारी दिएका छन् । यसअघि नेकपाले जिल्ला अध्यक्ष र सचिव… पुरा पढौ

प्रदेश प्रहरीको पोशाक कस्तो ?

सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।  समाजवादी पार्टी, नेपालका नेता रामसहाय यादवले नेपाल प्रहरीको भन्दा प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् । आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले संघीयताको मर्म अनुसार पनि प्रदेश प्रहरीको… पुरा पढौ

नेपालमा आउने वर्षा समुद्रबाट उत्पत्ति ! कहिलेसम्म पर्छ झरी ?

देशभर गत विहीबार रातीदेखि निरन्तर वर्षा भइरहेको छ। तर यो वर्षा काहाँबाट उत्पत्ती हुन्छ, यसबारेमा धेरैलाई थाहाँ नहुन सक्छ। धेरैले अनुमान गर्छन, नेपाल आउने वर्षा वगांलको खाडीबाट आउने गर्छ। तर वर्षाको उत्पत्ती भने बगांलको खाडीबाट हुँदैन। मौसमवीद् मिनकुमार अर्यालका अनुसार मेडागस्टरको समुद्रबाट नेपालमा आउने वर्षाको उत्पत्ती हुन्छ। त्यसपछि बगांलको खाडी हुँदै नेपालमा वर्षा आउछ। मौसमवीद्का अनुसार न्युन चापीय रेखा दक्षिणबाट उत्तर-नेपाल तीर आउँदा नेपालमा वर्षा सक्रिय हुन्छ। नेपालमा बगांलको खाडीबाट जलवाषयुक्त… पुरा पढौ

यस्तो पनि खुशी…..

अविरल वर्षाका कारण देशभर तनाव भइरहेका बेला दिपायलका किसान भने खुशी भएका छन् । लामो समयपछि डोटीको दिपायलमा वर्षा शुरु भएको छ । यहाँका ग्रामीण क्षेत्रमा केही दिन पहिलेदेखि वर्षा भइरहे पनि दिपायलमा भने अहिलेसम्म वर्षा भएको थिएन । शनिबार बिहानदेखि दिपायल तथा आसपासका क्षेत्रमा मुसल्धारे पानी परेपछि यहाँका किसान निकै हर्षित भएका छन् । वर्षा नहुँदा खडेरीले दिपायल, पिपल्ला, कुल्पोते, सुनगडालगायतका क्षेत्रका किसानले धानको बीउसमेत राख्न पाएका थिएनन् ।… पुरा पढौ

पोखरा–बागलुङ सडकको यात्रा जोखिमपूर्ण

मनसुन शुरु भएपछि मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा–बागलुङ खण्डमा जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भएकाले जोखिमपूर्ण बनेको हो । वर्षा शुरु भएपछि धेरै ठाउँमा पहिरो झरेको छ, भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ । सडकको पर्वत खण्डमा पर्ने कुश्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँ पुल खण्ड तथा कास्कीमा पर्ने नयाँ पुलदेखि गिरीचोक सम्मको… पुरा पढौ

बाढी, पहिरो प्रभावितलाई उचित व्यवस्थापन गर्न राज्य व्यवस्था समितिको निर्देशन

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो । बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुर्नबासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी कार्यलाई… पुरा पढौ

निजी मेडिकल कलेजलाई बन्देज लगाउनुहुँदैन

चिकित्सा शिक्षा ‘उपचार शिक्षा’ भएकाले यसलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन माग गरिएको छ । चिकित्सा शिक्षा शिक्षा मन्त्रालय र चिकित्सा सेवा स्वास्थ्य मन्त्रालयअन्तर्गत हुँदा प्रभावकारी समन्वयको अभाव रहेको भन्दै स्वास्थ्य मन्त्रालयले एक अंश एक मन्त्रालयमा अर्काे अंश अर्काे मन्त्रालयमा रहँदा उपलब्धि कम देखिएको जनाएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षा आयोगद्वारा चिकित्सा शिक्षासम्बन्धी यहँँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै चिकित्सा शिक्षालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत ल्याउन… पुरा पढौ

अरु वर्ष जस्तो प्रशन्न छैन’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आज यहाँ आयोजना गरेको विसं २०७५ राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार समर्पण समारोहलाई सम्बोधन संस्कृतिमन्त्रीसमेत रहनुभएका ओलीले गर्दै भाषिक– सांस्कृतिक एकताको सूत्रपात गर्ने… पुरा पढौ

भानु जयन्तिमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान

आज विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ति मनाईरहेका छन । भानु जयन्तिकै अवसर पारेर नेपालमा पनि देश भित्र र बाहिर रहेका साहित्यिक संस्थाहरुको जमघटमा भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उहाँकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान पनि गरियो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि घिमिरेलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं