दूताबासको पत्र प्रधानमन्त्रीलाई देखाएँको हुँ : कृषिमन्त्री

 कृषिमन्त्री चक्रपाणि खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् ।

दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमै बोलेको र जसका कारण लज्जित हुनु परेको भन्दै प्रधानमन्त्रीले माफी मागेका थिए । कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका छन् ।

शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ । परराष्टलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो ।’

उनले अघि भने, ‘पत्र आएको थाहा पाएपछि सम्माननीय ज्यू (प्रधानमन्त्री) लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ । मैले कृषि मन्त्रालयमा त भेटें भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो ।’ कृषिमन्त्रीको यो अभिव्यक्तिसँगै फेरि प्रधानमन्त्रीको दिएको भारतीय दूताबासको पत्रसम्बन्धी स्पष्टिकरण विवादमा परेको छ ।