मुख्य समाचार

बलात्कारले निम्त्याएको राजनीतिक अवसान

नेपाली समाजमा नारीहरूको अवस्था अपेक्षाकृत कमजोर भए पनि महिलाविरुद्धको अपराध स्वयं पीडितले प्रामाणिकरूपमा सार्वजनिक गरेको अवस्थामा सर्व शक्तिमान मानिएका व्यक्तिको पनि राजनीतिक र सामाजिक व्यक्तित्व निमेषभरमै चकनाचुर हुन्छ भन्ने प्रमाण गतसाताको एउटा घटना बन्न पुगेको छ । दाङको एउटा स्कुलका प्रधानाध्यापकबाट माओवादी विद्रोहका एक प्रमुख नेताकारूपमा उदाएका नेता कृष्णबहादुर महराले माओवादी शान्तिपूर्ण राजनीतिमा आए पश्चात धेरैपल्ट मन्त्री, उपप्रधानमन्त्री र २०७४ सालको निर्वाचनबाट बनेको प्रतिनिधि सभाको सभामुखसम्मका उच्चपदको रसास्वादन गरिसकेका थिए… पुरा पढौ

वरिष्ठ सञ्‍चारकर्मी आचार्यको निधन

वरिष्ठ सञ्‍चारकर्मी राजेन्द्रदेव आचार्यको निधन भएको छ । नेपाल टेलिभिजनका नायब महाप्रबन्धक एवम् समाचार निर्देशकसमेत भइसकेका आचार्यको आइतबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  कलेजोको समस्याबाट पीडित आचार्यले २१ वर्षसम्म नेपाल टेलिभिजनमा समाचार प्रमुख भएका काम गरेका थिए । ६१ वर्षीय आचार्यका एक छोरी, श्रीमती र आमा छन् ।  केही समय पहिले अमेरिकामा हृदयाघातका कारण उनका छोराको निधन भएको थियो । उनी लामो समय सम्म रत्नराज्य… पुरा पढौ

शान्ति मिसनमा सर्वसाधारणलाई पनि पठाउन थालियो

शान्ति स्थापनार्थ खटिने संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधारण व्यक्तिलाई पनि पठाउन थालिएको छ । यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेका रूपमा सर्वसाधारणलाई पनि लैजान थालिएको हो । सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनमा खटिएको २ सय ९ जनाको ‘एड्भान्स’ टोलीमा एक जना सर्वसाधारणलाई दोभासेका रूपमा पठाइएको छ । उक्त मिसनमा फ्रेन्च भाषाका लागि दोभासेका रूपमा काम गर्न गएका व्यक्तिको नाम भने… पुरा पढौ

महरा घोर पछुतो मान्दै, यस्तो थियो उनको दशैं योजना

कृष्णबहादुर महरा बुधबारदेखि निवर्तमान सभामुख भइसकेका छन्। आइतबार बेलुका संसद सचिवालयकै एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेपछि उनले आफू सम्बद्ध सत्तारुढ पार्टी नेकपाको निर्देशनमा मंगलबार नैतिकताका आधारमा राजीनामा दिए। उपसभामुख शिवमाया तुम्बाहाम्फे समक्ष बुझाएको राजीनामाबारे संसद सचिवालयले बुधबार सूचना निकालेर जानकारी दिएपछि उनी पदमुक्त भइसकेका छन्। दसैँको मुखमा राज्यको पाँचौ वरियता क्रममा रहेको सभामुख जस्तो गरिमामय पद गुमाउनु पर्दा यति बेला महरा घोर पछुतो मान्दै बालुवाटारस्थित सरकारी निवासमा दिन… पुरा पढौ

देशभरका शक्तिपीठमा बलिसहित पूजा गर्नेको घुइँचो

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आइतबार नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन् । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।  “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा… पुरा पढौ

पूर्वराजा ज्ञानेन्द्रलाई यतिधेरै चिन्ता

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । पूर्व राजाको सन्देशमा राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भूसको आगो भित्रभित्रै सल्कदै गएको अवस्थाले कसैको हित नहुने बताएका हुन् । शाहले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधिभन्दा सम्याउने, सूल्झाउने, सच्याउने र आफ्नै ‘राष्ट्रिय आदर्श’ बमोजिम समझदारीका साथ अघि बढ्ने अटूट प्रयत्न हुनुपर्ने सुझाव दिएका छन् । ‘नेपाल हाम्रो… पुरा पढौ

सुनसान बन्यो मुग्लिन पुल (फोटो फिचरसहित)

https://www.youtube.com/watch?v=gesoklIreBA&t=69s चौविसै घण्टा व्यस्त रहने मुग्लिनको पुरानो पुल यतिबेला सुनसान छ । नजिकै अर्को नयाँ पक्की पुल निर्माण भएर सञ्चालनमा आएसंगै यो पुल सुनसान भएको हो । यो पुलमा अहिले एउटा पनि सवारीसाधन गुड्दैनन् । नयाँ निर्माणपछि अव यो पुल के गर्ने भन्नेबारे अहिलेसम्म केही बताइएको छैन । यो पुल युवायुवतीका लागि सेल्फी खिच्चे ठाउँ बनेको छ । त्रिशुली नदी देखिने गरी युवायुवतीले सेल्फी खिच्ने गरेका छन् । सेल्फी खिच्न… पुरा पढौ

महरालाई तीन वर्ष कैद र ३० हजार जरिबाना हुन सक्छ

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएको छ । पीडित महिला रोशनी शाहीले शुक्रबार महराविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।  प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । यदि महराले जबरजस्ती करणी उद्योग गरेको पुष्टि भए उनलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुनेछ ।  मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १५ करणीसम्बन्धी कसुरको दफा २२४ को उफदफा (१) मा कसैले… पुरा पढौ

सिग्देल र भण्डारी बने उपरथी

नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा भएको छ । निरीक्षणाधिकृतको कार्यालयका अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका गोकुल भण्डारीको उपरथीमा बढुवा भएको हो । सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरुलाई शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उपरथीमा बढुवा गरेको थियो । पुरा पढौ

यसरी पक्राउ पर्न सक्छन् महरा

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट यौन दुर्व्यवहार भएको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा पक्राउ पर्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ । नेपालको राजनीतिक इतिहासकै हाइप्रोफाइलको यो स्क्यान्डलका कारण महराले सभामुख पदनै गुमाइसकेका छन् । अब उनी पक्राउ समेत पर्ने सम्भावना बढेर गएको छ । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरीकहाँ पुगेको बताइएको छ ।  रोशनीले महानगरीय प्रहरी वृत्त नयाँ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं