सुनसान बन्यो मुग्लिन पुल (फोटो फिचरसहित)

चौविसै घण्टा व्यस्त रहने मुग्लिनको पुरानो पुल यतिबेला सुनसान छ । नजिकै अर्को नयाँ पक्की पुल निर्माण भएर सञ्चालनमा आएसंगै यो पुल सुनसान भएको हो ।

यो पुलमा अहिले एउटा पनि सवारीसाधन गुड्दैनन् । नयाँ निर्माणपछि अव यो पुल के गर्ने भन्नेबारे अहिलेसम्म केही बताइएको छैन ।

यो पुल युवायुवतीका लागि सेल्फी खिच्चे ठाउँ बनेको छ । त्रिशुली नदी देखिने गरी युवायुवतीले सेल्फी खिच्ने गरेका छन् ।

सेल्फी खिच्न पुलको रेलिङमै चढ्ने गरेका कारण कुनै पनि समयमा दुर्घटना नहोला भन्न सकिन्न । यसतर्फ सम्बन्धित सरोकारवालाले समयमै ध्यान पुर्याउन आवश्यक छ ।

मुग्लिनको पुरानो पुल नजिकै बनेको अर्को नयाँ पुल