मुख्य समाचार

नागरिकता हेरर मात्र विवाह गराउन पण्डित सहमत

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । उनले “वरबधुको जन्मदर्ता र नागरिकताको प्रमाण हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने निर्णय भएको छ,… पुरा पढौ

प्रम ओलीका सल्लाहकार तथा सहयोगीद्धारा राजीनामा, को-कोले दिए ?

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसँगै उनका सचिवालयका सबै वैतनिक सल्लाहकार तथा सहयोगीहरुले शनिवार राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए। राजिनामा दिने सल्लाहकार र सचिवालयका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि राजीनामा दिएको बताए।  राजीनामा दिनेमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद… पुरा पढौ

सभामुख बन्न सक्षम छु : शिवमाया

प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छिन् । हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ । सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।” उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि… पुरा पढौ

नेपाल प्रहरी दक्षिण एसियामै अब्बल

अन्तर्रा्ष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।  नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।  अन्तर्रा्ष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।  पुरा पढौ

सीमा विवाद : भारतसँग उच्चस्तरीय वार्ता गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुरा बताएका हुन् ।  बैठकमा सहभागीहरूले सीमा समस्याको विषयलाई राजनीतिक र कुटनीतिक माध्यमबाट समाधान गरिनु पर्ने सुझाव दिएका थिए । मन्त्री ज्ञवलीले भन्नुभयो, सबैको एउटै स्वर छ कालापानी क्षेत्र भित्रका कालापानी, लिपुलेक… पुरा पढौ

मुक्तिनाथमा विन्दास पारस शाह

मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन्। पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार हिमालीपारीको जिल्ला मुस्ताङको जामसोम आइपुगेका हुन्। बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन्। उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन्। पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन्। उनले मुक्तिनाथमा करिब ४५ मिनेट बिताएका थिए। मुक्तिनाथको दर्शन गर्न आएका पूर्वयुवराजले शिवजीको मन्दिरमासमेत दर्शन गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। १०८ धारामा स्नान… पुरा पढौ

आगामी वर्ष असोज महिना गायव बनाउने !

पात्रो सुधार गर्ने अभियन्ताहरुले विसं २०७७ सालको पात्रोबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म पर्वहरुको तिथिमिति सुधार गरेर नयाँ क्यालेण्डर नबनाएका कारण हाम्रा चाडपर्वहरु आकाशीय ग्रहस्थितिसँग नमिलेको भन्दै आवश्यक सुधार गर्न उनीहरुले माग गर्दै आएका हुन् । पर्वसुधार अभियन्ता मल्ल भन्छन्, ‘२०७७ सालमा पात्रो नसच्याउने हो भने तीन वर्षपछि अर्थात् २०८० सालमा मात्रै सच्याउन मिल्छ । त्यसैले नेपाल सरकार, पञ्चांग निर्णायक समिति लगायत सबै सरोकारवालाहरुले नयाँ… पुरा पढौ

मन्त्रीदेखि सल्लाहकारसम्म फेर्ने तयारी

 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने गृहकार्य थालेका छन् । नेकपा निकट उच्च स्रोतका अनुसार कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्री फेर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन् । मन्त्रिहरुको हेरफेर गर्नुअघि प्रधानमन्त्रीले आफ्नै सचिवालय र सल्लाहकार समेत फेर्न लागेका छन् ।  स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकार र सचिवालयका अधिकांश सदस्यलाई बोलाएर राजीनामा दिन निर्देशन दिएका छन् ।  ‘एकाएक प्रधानमन्त्रीज्यूले हामीसहित प्रमुख सल्लाहर समेतलाई बोलाएर राजीनामा दिन निर्देशन दिनुभएको छ’, सचिवालयका एक सदस्यले… पुरा पढौ

‘माफी माग र नक्सा सच्याऊ’

राष्ट्रिय सम्पदा तथा मानवअधिकार संरक्षण समिति नेपालले भारतले जारी गरेको नयाँ नक्सा सच्याउन कूटनीतिक पहल गर्न सरकारलाई अनुरोध गरेको छ । भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । संस्थाका महासचिव सुनिल पाण्डेले विज्ञप्ति निकालेर २ देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषय कूटनीतिक माध्यमबाट वार्ताद्वारा सुल्झाउन आग्रह गरिएको छ । दुवै पक्षको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा विवाद टुंग्याउनु आग्रह… पुरा पढौ

बंगलादेश राष्ट्रपति हमिद पोखरा आउने

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार ३ दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् । यसक्रममा उनी पोखरा पनि आउने कार्यक्रम छ । उनी पोखरा आउने मिति र समय भने तय भैसकेको छैन । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको छ । राष्ट्रपति हमिद नेपाल आउँदा राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नेछिन् । यस्तै उनले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं