ताजा समाचार

कार्तिक २३ गते २०७६

मुक्तिनाथमा विन्दास पारस शाह

मुस्ताङ भ्रमणमा रहेका पूर्वयुवराज पारस शाहले मुक्तिनाथ दर्शन गरेका छन्। पारस पोखरादेखि म्याग्दी हुँदै बुधबार हिमालीपारीको जिल्ला मुस्ताङको जामसोम आइपुगेका हुन्।

बिहीबार उनले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका हुन्। उनले मुक्तिनाथ दर्शन गरेका केही तस्बिर सार्वजनिक भएका छन्। पारस बिहीबार मुक्तिनाथ दर्शन गरेर जोमसोम फर्किएका छन्।

उनले मुक्तिनाथमा करिब ४५ मिनेट बिताएका थिए। मुक्तिनाथको दर्शन गर्न आएका पूर्वयुवराजले शिवजीको मन्दिरमासमेत दर्शन गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। १०८ धारामा स्नान गरेर पारसले फेरि मुक्तिनाथ आउने भाकल गरेको पुजारी सुवेदीको भनाइ छ। 

पारस आफ्ना निकट सहयोगीका साथ मुक्तिनाथ पुगेका हुन्। मुक्तिनाथ जाने क्रममा उनले रानीपौवा बजारदेखि मन्दिर परिसर करिव २ किमी दुरीमा घोडा चढेका थिए।  मुस्ताङ भ्रमणका लागि आएका पारसको टोलीले २ वटा जीप र केही मोटर साइकल ल्याएका छन्। –अन्नपूर्णबाट