मुख्य समाचार

साउनदेखि ६८ वर्षमै वृद्धभत्ता

अब ६८ वर्षमै वृद्धभत्ता पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ । ‘हाल ७० वर्षमाथिको ज्येष्ठ नागरिक समूहलाई दिँदै आएको सामाजिक सुरक्षाभत्ता अब ६८ वर्षमा उपलब्ध गराइने व्यवस्था गरिएको छ,’ अर्थमन्त्री जनार्दन शर्माले, ‘सामाजिक सुरक्षाभत्ता नलिन स्वघोषणा गर्ने हरुलाई सरकारले सम्मान गर्नेछ ।’ आगामी आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा १ खर्ब… पुरा पढौ

पोखरामा ‘इच्छुक’को सम्झना

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । कार्यक्रममा वक्ताले लेखनका माध्यमबाट शोषण र उत्पीडनमा परेका वर्ग तथा समुदायका आवाजलाई ‘इच्छुक’ले आम जनमानसमा ल्याएको बताए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्भिकताका साथ लेखनका माध्यमबाट सामाजिक चेतनाको अभिवृद्धिमा इच्छुकले गरेको योगदान सधैँ स्मरणीय हुने बताए । प्रेस सेन्टर नेपालका सल्लाहकार कोमलनाथ… पुरा पढौ

जन्मदिनमा छोरीलाई उपहारः नयाँ पुस्तक

नयाँ शब्द, आनीबानी, अक्षर सिक्दै गरेका साना बालबालिका उपहार पाउँदा पुलकित हुन्छन् । के उपहार दिने भन्नेचाहिँ अभिभावक र शुभचिन्तककै विवेकमा भर पर्छ । साहित्यकार सुरज उपाध्यायले छोरी प्राप्ति मुस्कानको जन्मदिनमा उनलाई नयाँ पुस्तक दिए । बुधबार आयोजित समारोहमा बालबालिका र कार्यक्रमका अतिथिले एकसाथ सुरजको बाल कविता सञ्चयन ‘साइकल’ सार्वजनिक गरे । स्याङ्जाको फेदीखोला १ मा रहेको अमोर सेवा नेपालले कृति प्रकाशन गरेको हो । अमोर सेवा नेपालले अभिभावक विहीन… पुरा पढौ

पालिकाले ग्यास चुलो लिने, इन्डक्सन दिने

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्सन चुलो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुलो प्रतिस्थापन गर्दै इन्डक्सन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्यवृद्धिलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका सबै घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गर्ने पहिलो निर्णय गरेका छन् । गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले भने, ‘घर–घरमा रहेका ग्यासका… पुरा पढौ

व्यासमा गोविन्दराज एमाले गठबन्धन पराजित

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरे । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत सो नगरपालिकाको उपप्रमुख पदमा काङ्ग्रेसका इन्दिरा दरैले १३ हजार चार सय ९८ मत प्राप्त गरी विजयी बने… पुरा पढौ

यस्तो छ धरानका मेयरको इतिहास

स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका… पुरा पढौ

पेट्रोल लिटरको १८० रुपैयाँ, ग्यास सिलिन्डरको १८००

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य… पुरा पढौ

पोखरा १४ मा कांग्रेसको वर्चश्व, १ सदस्य एमालेबाट

पोखरा महानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा बोधबहादुर कार्की विजयी भएका छन् । उनले नेकपा एमालेका उमेद्वार डेलबहादुर गुरुङलाई हराए । बोधबहादुर कार्कीले ३ हजार २ सय ९० मतप्राप्त गर्दा गुरुङले १ हजार ७ सय ५४ मत प्राप्त गरे । कार्कीले १ हजार ५ सय ३६ मत ठुलो अन्तरल हराए । खुल्ला सदस्यमा नेपाली काग्रेसका कृष्णहरि काफ्ले र नेकपा एमालेका गोपाल प्रसाद सापकोटा विजयी भए । काफ्लेले २ हजार ३… पुरा पढौ

गृहनगरमै ओलीको पराजय, राप्रपाको जित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट उम्मेदवार बनेका रामकुमार थापा नगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित बनिन् । नगर प्रमुखमा निर्वाचित थापाले १७ हजार ५ सय २५ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेको तर्फबाट उम्मेदवार बनेकी गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन् । थापा… पुरा पढौ

मोहनविक्रमको पालिकामै भत्कियो जनमोर्चाको किल्ला

अहिलेसम्म राष्ट्रिय जनमोर्चाबाहेक कसैले जित निकाल्न नसकेको प्यूठानको झिमरुक गाउँपालिकामा नेकपा एमालेसँगको गठबन्धनमा माओवादी केन्द्रले जितेको छ । तर गठबन्धनमा उपाध्यक्ष पाएको एमालेका उम्मेदवारलाई साथ नदिएर कांग्रेसलाई साथ दिएको एमालेको आरोप छ । जनमोर्चालाई हराउन पाँच दलको गठबन्धन छोडेर एमालेसँग गठबन्धन गरेको माओवादीले उपाध्यक्षमा साथ नदिएको एमाले कार्यकर्ताको गुनासो छ । झिमरुक गाउँपालिका अध्यक्षमा माओवादीका पितबहादुर एम्सी विजयी भएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा र कांग्रेसबीचको गठबनधनबाट कांग्रेसका प्रमोद पोखरेल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं