मुख्य समाचार

गोरखाको अजिरकोटमा माओवादी केन्द्रको जित

अजिरकोट गाउँपालिका, गोरखामा नेकपा माओवादी केन्द्रका दीपक देवकोटा निर्वाचित भएका छन् । सोमबार सकिएको मत गणनामा देवकोटा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २८९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका एमालेका गीताकुमारी पोखरेलले ३५५ मत पाइन् । २०७४ को चुनावमा देवकोटा तेस्रो थिए । कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको थियो । माओवादीकी अनिता भुजेल ३ हजार… पुरा पढौ

पोखरा २ मा कांग्रेसको प्यानल

पोखरा महानगरपालिका वडा नम्बर(२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दीवसमान प्रधानाङ्गसहित नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । सोमबार बिहान सकिएको मतगणनामा प्रधानाङ्ग आफ्ना निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले पछि पार्दै बिजयी भएका हुन् । प्रधानाङ्गले ९३९ मत प्राप्त गरेका छन् भने शाहले ६६१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिछुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित… पुरा पढौ

ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् ।… पुरा पढौ

कालीगण्डकीमा एमाले निर्वाचित

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा निर्वाचित भएका छन् । उनी ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया राना १ हजार ६४५ मतअन्तरले पछाडि परिन् । मायाले पक्षमा ५ हजार ५५ मत पाइन् । उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४८३० मत पाए । पुरा पढौ

एमालेले ‘क्लिन स्विप’ गरेका २ पालिकामा कांग्रेसको जित

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। निर्वाचन आयोगका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको हो । छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ… पुरा पढौ

कांग्रेसको किल्लामा एमालेका बागीको जित

भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार दौलथ कुलुङ विजयी भएका छन् । एमालेबाट टिकट नपाएपछि विद्रोह गरी उम्मेदवारी दिएका दौलथले २४ मतान्तरका साथ जितेका हुन् । उनले १८१४ मत ल्याउँदा नेपाली कांग्रेसका महेश राई १७८६ मतमा रोकिए । यहाँ एमालेका उम्मेदवार शान्तिबहादुर अधिकारीले १३८३ मत ल्याए । उपाध्यक्षमा नेपाली कांग्रेसकी अस्मिता कुलुङ १८६२ मत ल्याएर विजयी भएकी छिन् । यसअघिको चुनावमा यस पालिकामा नेपाली कांग्रेसबाट महेश राईले जितेका थिए । पुरा पढौ

लमजुङको दूधपोखरी अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेको तेज बहादुर गुरुङले २ हजार २४ मत पाए । त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५६८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी कृष्ण गुरुङले १ हजार ७७४ मत प्राप्त गरिन् । पुरा पढौ

अलिताल गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा माओवादीको जित

डडेलधुराको आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल विजयी भएका हुन्। अध्यक्षमा पार्कीले २३८९ मत र उपाध्यक्ष रावलले २६०२ मत प्राप्त गरेका छन्। अध्यक्षका निकटम प्रतिद्वन्द्वी कांग्रेसका बलबहादुर गुरुङले २२२४ मत ल्याएका छन्। यस्तै एमालेका मीनबहादुर बोगटी १४६९ मतसहित तेस्रो स्थानमा छन्। उपाध्यक्षमा भने कांग्रेसकी जला कुमारी बोगटी २२४१ मतसहित दोस्रो स्थानमा रहँदा एमालेकी शान्ती जोशी १६४८… पुरा पढौ

गल्कोटमा वागी पन्छाउँदै गठबन्धनको जित

बाग्लुङको गल्कोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार शर्माले ५ हजार ४ सय १४ मत प्राप्त गर्दै जित हात पारेका हुन्। शर्माले गत निर्वाचनमा पनि जित हात पारेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पूर्णबहादुर काउचा घर्तिलाई पछि पारे। घर्तिले ३ हजार ५ सय १९ मत ल्याए। स्वतन्त्र उम्मेदवार मन्ज शर्माले ३ हजार २ सय ६२ मत प्राप्त गरिन्। उपप्रमुखमा माओवादी केन्द्रका फमलाल नीउरे विजयी भए।… पुरा पढौ

बुलिङटारमा कांग्रेसको किल्ला भत्कियो

पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् । बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशि किरण बस्ताकोटीलाई एक सय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं