लमजुङको दूधपोखरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस निर्वाचित भएको छ ।
कांग्रेसका धनप्रसाद गुरुङ ३ हजार ६५ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेको तेज बहादुर गुरुङले २ हजार २४ मत पाए ।
त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५६८ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी कृष्ण गुरुङले १ हजार ७७४ मत प्राप्त गरिन् ।




