मुख्य समाचार

कास्कीमा १५१ मतदान स्थल

कास्कीमा आसन्न मङ्सिर ४ गतेको निर्वाचनमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरी लगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थ ाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको समितिले मतदानस्थल थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कानुनी व्यवस्था छ । सामान्यतः पहाडी क्षेत्रमा मतदानस्थल पुग्नका… पुरा पढौ

काठमाडौंका अवैध संरचना भत्किए, पोखरामा कहिले ?

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ। “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने। नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। “संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई… पुरा पढौ

नेकपा एसका प्रदेश अध्यक्षले पार्टी छाडे

नेकपा नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाही पार्टी परित्याग गरेका छन्। बिहीबार फेसबुकमार्फत शाहीले पार्टी विभाजनतर्फ लागे पनि अहिले पुछतो र आत्मग्लानी भएको उनले उल्लेख गरेका छन् । ‘२०५४ सालमा वामदेवले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनका पछि लागे,’ शाहीले लेखेका छन्, ‘गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो। त्यसको पछि लाग्नेमा म पनि… पुरा पढौ

माओवादी-नेकपा एस एउटै घोषणापत्रमा चुनाव लड्ने, चाडै एकता

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो । प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको छ । भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए । बैठकमा आगामी… पुरा पढौ

मुक्ति समाज गण्डकी अध्यक्षमा निर्मल

नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीको शनिबार भएको प्रथम सम्मेलनले निर्मल दियालीको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ । नवनिर्वाचित अध्यक्ष दियाली डेढ दशकदेखि मुक्ति समाजका विभिन्न जिम्मेवारीमा छन् । पोखरा महानगरका कार्यपालिका सदस्य उनी पोखरा २८ का निवर्तमान अध्यक्षसमेत हुन् । सम्मेलनबाट प्रदेश कमिटी उपाध्यक्षमा नवलपुरका होमबहादुर विक र तनहुँकी डिना गोतामे, सचिवमा कास्कीका बमबहादुर विक र कोषाध्यक्षमा कास्कीकै कमला सुनार छन् । त्यस्तै… पुरा पढौ

उम्मेदवारी नदिने दल र उम्मेदवारको चिन्ह मतपत्रमा नहुने

मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्हमात्रै मतपत्रमा राखिने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो (भद्धा) भएको र बदर मत पनि बढेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी संघीय… पुरा पढौ

माओवादीमा ७ उपमहासचिव, देव महासचिव

नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ प्रस्ताव भएका छन् । महासचिवमा प्रमुख दाबेदारी प्रस्तुत गर्दै आएका नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई पछि पार्दै गुरुङ महासचिवमा चयन हुने भएका हुन् । दुई नेतालाई उपमहासचिवमा बस्न राजी गराएर प्रचण्डले नयाँ विकल्पको रुपमा गुरुङलाई महासचिव बनाउने गरी बैठकमा प्रस्ताव लगेका छन् । स्थायी कमिटी बैठकमा प्रचण्डले २१ जना पदाधिकारी रहने प्रस्ताव पेश गरेको एक नेताले जानकारी दिए । प्रचण्डको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा… पुरा पढौ

१७ विधामा फोटो पत्रकारिता अवार्ड दिँदै एनएफपिजे

काठमाडौँ, ३ भदौराष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले स्थापनाको २५ वर्षको अवसरमा आगामी असोज ६ गते १७ विधामा फोटो पत्रकारिता अवार्ड वितरण गर्ने भएको छ । एक सय ८३औँ अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसका अवसरमा उक्त समूहले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त समूहले विविध कार्यक्रम आयोजना गर्ने भएको हो । असोज ६ गते काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागिएको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । एनफपिजेका पूर्वअध्यक्षद्वय मीनरत्न… पुरा पढौ

बाबुराम र वामदेव माओवादीको चुनाव चिह्नबाट चुनाव लड्ने

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यो निर्णय गरेको हो । माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भने, उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं । उनले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिए । प्रतिनिधिसभा र प्रदेश… पुरा पढौ

घाँस खेती गर्ने किसानलाई अनुदान

पोखरा महानगरपालिकाले सघन घाँस विकास कार्यक्रमको अनुदान वितरण गरेको छ । पोखरा महानगरभित्र सघन घाँस खेती गर्ने ९३ किसानलाई १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ वितरण गरिएको हो । पोखरा महानगर पशु सेवा शाखाद्वारा आयोजित कार्यक्रममा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुदान वितरण आरम्भ गरिन् । पोखरा महानगरमा आर्थिक वर्ष २०७८÷७९ मा ४ सय ८९ रोपनीमा सघन घाँस लगाइएको र ७ हजार ३ सय ३५ मेट्रिक टन घाँस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं