पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले यो निर्णय गरेको हो । माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भने, उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं ।
उनले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गतेका लागि घोषणा भएको छ ।




