स्वास्थ्य

बच्चालाइ चिसोबाट कसरी जोगाउने?

जाडो मौसममा विषेशगरी बालबालिकालाई अनेकौं समस्य आउन सक्छ । शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर समस्या आउन सक्नेहुनाले चिसो याममा बालबच्चालाइ रुँघा लाग्ने, निमोनिया हुने समस्या हुन्छ । कतिपयले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगालगाइदिने हुदा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ । जाडो समयमा बच्चाले पटक पटक पिसाब फेर्ने र चिसो बनाउने भएकोले बच्चाको कपडा समय(समयमा बदल्नुपर्छ ।… पुरा पढौ

प्याजको बोक्रा फाल्न मिल्ने कि नमिल्ने ?

धेरैजसो मानिसहरु प्याज काट्ने बेला त्यसको बोक्रा निकालेर पछि त्यसलाई फ्याँक्ने गर्दछन् जबकी यस्तो गर्नुहुँदैन । यद्यपी, यो वास्तविकता हो कि प्याजको बोक्रा सिधै खानु हुँदैन तर तपाईं यसलाई अन्य तरिकाले यसलाई प्रयोग गर्न सक्नुहुन्छ । यो तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । एन्टी इन्फ्लामेटरी गुणः यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी… पुरा पढौ

पोखरा मन्टेसरीमा युआरएलको सहकार्यमा शिविर

पोखरा १६ लामाचौरको गैह्राबारीमा रहेको पोखरा मन्टेसरी प्रिस्कुलले शनिबार आयोजना गरेको शिविरमा ४ सय २ जनाले सित्तैमा रगत जाँच गराएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरका सहभागीको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । मन्टेसरीका अध्यक्ष थीरबहादुर थापाले व्यवसायसँगै सामाजिक दायित्व निर्वाह गर्न कार्यक्रम गरिएको बताए । उनले भने, ‘कमसेकम वर्षमा १ सामाजिक काम गरौं भन्ने हो । विद्यार्थी, अभिभावक र यहाँको… पुरा पढौ

विदेशमा रहेका नेपालीले स्वस्थ्य रहन के गर्ने ?

सामान्य हावापानीमा हुर्केका नेपालीले विशेषगरी खाडीका मुलुकका रोजगारीका क्रममा रहँदा स्वास्थ्यका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कामको अत्यधिक चाप, घरपरिवारबाट टाढा रहनुपर्दाको मानसिक तनाव तथा उच्च तापक्रममा काम गर्नुपर्ने हुँदा स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । दिनभर चर्को गर्मीमा काम गर्ने र साँझ ‘एयर कन्डिशन’ चलाएर सुत्दा झन् जोखिम बढ्ने नेपाल स्वास्थ्य व्यवसायी संघका महासचिव जय गुरुङ बताउछन् । विदेशमा काम गर्ने नेपालीले खानपानमा विशेष ध्यान दिन उनी सुझाव… पुरा पढौ

चिसोबाट जोगिन के गर्ने ?

विस्तारै मौसम बदली भएसंगै चिसोको अनुभुति सुरु हुन थालेको छ। गर्मी महिना सकिन थाले संगै क्रमिक रूपमा जाडोले छोप्न थालेको हो। बिशेषतह गर्मि समयमा भन्दा जाडो मौसममा बालबालीका र बृद्धबृद्धालाई चिसोका कारण स्वास्थ्यमा बिभीन्न समस्याहरू देखा पर्ने गर्छन्। चिसोबाट जोगिन सकियो भने  धेरै रोगहरूबाट बच्न सकिन्छ। नबजात शिशु बालबालीकादेखि बृद्ध सम्मले जाडोमा बिशेष साबधानी अपनाउनुपर्ने चिकीत्सकहरूको सुझाब छ। भनिन्छ रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेश हुन्छ। जाडोका बेला देखिने… पुरा पढौ

युआरएल अध्यक्षमा शुशील, ठाकुर प्रबन्ध निर्देशक

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याब (युआरएल)को दोस्रो अधिवेशन तथा छैटौ साधारणसभाले शुशील थापालाई अध्यक्ष निर्वाचित गरेको छ । यसअघि पनि अध्यक्ष रहेका थापा हेल्थ केयरको क्वालिटी कन्सल्टेन्समा सिक्स डिग्मा ब्लाकबेल्ट हुन् । अधिवेशनले युआरएको प्रबन्ध निर्देशक र निर्देशकमा क्रमश ठाकुरप्रसाद पन्त र दिनेशबाबु खड्कालाई निरन्तरता दिएको छ । ६ वर्षको अवधिमा युआरएलले तनहुँका दुलेगौडा र दमौलीमा शाखा विस्तार गरिसकेको छ । अध्यक्ष थापाले नाफाभन्दा बढी सेवामा केन्द्रीत… पुरा पढौ

प्राज्ञिक विद्यार्थी परिषद्को रक्तदान

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रजत जयन्तीको स्वागतार्थ रक्तदान गरेको छ । परिषदले आफ्नो २५ औँ स्थापना दिवसको सन्दर्भमा रजत वर्ष स्वागतार्थ नेपालका २५ स्थानमा रक्तदान गरेको हो । प्राज्ञिक विद्यार्थी परिषद नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा चिप्लेढुङ्गा बिपि चोकमा रक्तदान भएको छ । कार्यक्रममा डा। कालू शर्माको संयोजकत्व र शिक्षासेवी निर्मला बरालको प्रमुख आतिथ्यता थियो । ११ छात्रा सहित ६१ जनाले रक्तदान गरेका थिए । परिषदले रजत जयन्ती वर्षभरी… पुरा पढौ

सुरेन्द्र युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमनगर, युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)का अध्यक्ष शुशील थापा लगायतले सोमबार भएको युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कृत गरे । युआरएले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्धसाप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् । पुरस्कृत… पुरा पढौ

मेडिसिटीद्वारा १ सयभन्दा बढीको पाठेघरको जाँच

जनकपुरमा आयोजना गरिएको वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले मिथिलाका महिलाहरुको पाठेघरको जाँच गरेका छन् । मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तत्र्रिmया, विचार गोष्ठि, सडक नाटक समेत प्रस्तुत गरिएको थियो । नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकिय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथा आंग खस्ने समस्या, र पाठेघरको मुखको क्यान्सर बारे मैथिली भाषामा… पुरा पढौ

१३ श्रीलंकाली खेलाडीलाई डेंगु

साग खेल्न आएका १३ श्रीलंकन खेलाडीलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ ।  महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको छ । महिला फुटबलको प्रतिस्पर्धाका लागि गायथ्री पोखरामा थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुका उनलाई काठमाडौं ल्याइएको थियो । डेंगु संक्रमण भएर अस्पताल भर्ना हुनेमा एथलेटिक्सबाट स्वर्ण विजेता अमासा डी सिल्भा पनि छिन् । उनले महिलातर्फ चार गुुणा सय मिटर दौडमा स्वर्ण र सय मिटर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं