बच्चालाइ चिसोबाट कसरी जोगाउने?

जाडो मौसममा विषेशगरी बालबालिकालाई अनेकौं समस्य आउन सक्छ । शिशु एकदमै संवेदनसिल हुने र सानोतिनो कमजोरीबाट पनि गंभिर समस्या आउन सक्नेहुनाले चिसो याममा बालबच्चालाइ रुँघा लाग्ने, निमोनिया हुने समस्या हुन्छ ।

कतिपयले बच्चालाई चिसो नलागोस भनेर धेरै लुगालगाइदिने हुदा बच्चाको शरीर गुम्सने र पसिना आउने हुन्छ । पसिनाले बच्चालाई अझ बढी चिसो लाग्छ ।

जाडो समयमा बच्चाले पटक पटक पिसाब फेर्ने र चिसो बनाउने भएकोले बच्चाको कपडा समय(समयमा बदल्नुपर्छ । न्यानो कपडाले लपेटेर उचित समयमा हेरिविचार गरिरहनुपर्छ ।

बच्चालाइ तोरीको तेल तताएर हल्कासँग बच्चाको शरीरमा मसाज गरिदिने र विहानको घाममा राख्नुपर्छ जसबाट शिशुलाई चिसो लाग्नबाट बचाउछ ।

चिसो मौसममा भाइरल अथवा किटाणु बढी सक्रिय हुने भएकाले बच्चाको सरसफाइ र पोषणमा राम्रो ध्यान दिनुपर्छ ।

बच्चालाई चिसोबाट बचाउन कोठालाई न्यानो बनाइराख्न आवश्यक छ ।बच्चाको शरीर सबै छोपिने कपडा ,हातमा पञ्जा , कान छोपिने गरी टोपी लगाइदिने गर्नुपर्छ ।

जाडोमा बच्चालाई धेरै नुहाइदिन हुँदैन भन्नु पनि गलत हो। धेरै समय नुहाएन भने बच्चामा संक्रमण भइ बिरामी हुने सम्भावना भएकोले हप्तामा दुई पटक बच्चालाई नुहाइदिनु पर्छ। यदी नुहाउन गाह्रो हुन्छ भने थोरै तातो पानीमा कपडा भिजाएर जिऊ पुछिदिनुपर्छ ।