स्वास्थ्य

रुसी राष्ट्रपतिका प्रवत्तालाई कोरोना संक्रमण

रुसी राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यसअघि रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनसहित तीन मन्त्रीमा कोरोना भाइरस संक्रमण भइसकेको छ। राष्ट्रपति पुटिनले घरैबाट काम गर्दै आइरहेका छन्। एजेन्सी पुरा पढौ

कोरोना संक्रमण यसरी नियन्त्रण गरौँ

आज ५७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएसंगै नेपालमा १९१ जनामा संक्रमण देखिएको छ | ३१ जना निको भएर घर फर्किएका छन् | हालसम्म नेपालमा १६० जना संक्रमित रहेका छन् | झट्ट हेर्दा एक दिनमा ५७ जना थपिए पनि चिन्तित हुनुपर्ने अवस्था छैन | - बिगत ६ दिन यता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति हुन् | उनीहरु नेपाल आएपछि क्वारेन्टाइनमार्फत परिक्षणमा गएका हुन् | यदि उनीहरु… पुरा पढौ

नेपालमा स्टाफ नर्सलाई पनि देखियो कोरोना

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना संक्रमण देखिएको छ। मंगलबार संक्रमण देखिएका ८ जनामध्ये एक २५ वर्षीया स्टाफ नर्स रहेको बताइएको छ । उनी कार्यरत अस्पतालका अन्य कर्मचारीको पनि स्वाब परीक्षण गर्ने तयारी भएको छ । कपिलवस्तुमा मंगलबार दिउँसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाबासी हुन्। पुरा पढौ

एकैपटक थपिए ५७ संक्रमित, अब नेपालमा १९१ संक्रमित

नेपालका कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा नयाँ ५७ संक्रमित फेला परेका हुन् । संक्रमित सबै पुरुष हुन् । कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बारामा १ जना र पर्सामा ३९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको अवस्था सामान्य छ । पुरा पढौ

कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ?

गत डिसेम्बरको अन्तिममा चीनको बुहानमा देखिएको कोरोना संक्रमणले अहिले विश्वका २१२ देशहरुमा फैलिएको छ | कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कमी भएका लाखौँ व्यक्तिको मृत्यु भएको छ, दशौँ लाख गम्भीर अवस्थामा छन् तथा चालीसौं लाख व्यक्तिहरु संक्रमित भएका छन् | नेपालमा पनि कोरोना संक्रमण बिस्तारै बढिरहेको हुँदा हामीले थप सतर्क हुनु जरुरी छ |रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि निम्न लिखित आहार, बिहार र आचारको पालना गर्नुपर्दछ |भिटामिन सि, भिटामिन डी… पुरा पढौ

लकडाउन खुकुलो बनाउने आधार खै ?

लकडाउन अनिश्चित समयसम्म गर्न सकिंदैन | तर लकडाउन गर्न, खुकिलो गर्न तथा अन्त्य गर्न ठोस आधार हुनुपर्दछ, सहि योजना हुनुपर्दछ | राज्यले कोरोना संक्रमणको ब्यापक परीक्षण गरेर देखिएको परिणाम अनुसार लकडाउनको स्वरूप परिवर्तन गर्नुपर्दछ |अहिलेको परिस्थिति हेरौं- भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढिरहेको छ | यसरी आएका अधिकांश संक्रमित छन् | उदाहरणको लागि कपिलवस्तुमा पोजिटिभ देखिएका संक्रमित मुम्बईबाट लुकिछिपी आएका थिए | यो अवस्था सिमाबर्ती धेरै ठाउँमा हुन सक्छ |-… पुरा पढौ

कोभिड-१९, चुनौती तथा अवसरहरु

विश्वव्यापी रुपमा फैलिरहेको COVID-19, अर्थात् कोरोना भाइरसले अहिले संसारलाई नै एक प्रकारको भयावित वातावरण सृजना गराईरहेको छ । विभिन्न विकसित तथा ठुला राष्ट्रहरु यसको चपेटामा परिरहंदा नेपाल जस्तो विकासोन्मुख देश यसको चपेटामा पर्नु स्वभाविक नै हो ।  वि.स. २०७२ सालको विनासकारी भुकम्प तथा नाकवन्दीले थलिएर केही पर धकेलिएको नेपालको विकास कार्य तथा केही प्रतिशत जनतालाई पनि गरिबीको रेखामुनि यसले धकेलेको थियो र अहिले हामि COVID-19 को सामना गरिरहेका छौं ।… पुरा पढौ

भारतबाट लुक्दै कपिलवस्तु आएका १० जनालाई कोरोना

भारतको मुम्बई र दिल्लीबाट कपिलबस्तु आएका १० जनामा कोरोना संक्रमण भेटिएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका यी युवा १८ देखि ३४ बर्षका छन् । उनीहरु लकडाउन भइसकेपछि लुकेर घर फर्केका हुन् । संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ जना छन् । उनीहरुलाई दिउँसो बुटवलका स्थापना गरिएको कोरोना बिशेष अस्पतालमा ल्याउने तयारी भएको छ । प्रदेश ५ मा आजसम्म ४० कोरोना संक्रमित भेटिएका छन् । पुरा पढौ

कोरोना संक्रमणका बेला विद्यार्थीलाई कसरी सुरक्षित राख्ने ?

विश्व स्वास्थ्य संगठन ( WHO ) ले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने जनाएको छ | विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने जनाएका छन् | कोभिड १९ बिरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् | यो अबधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क / पंजा / चस्मा आदिको प्रयोग गर्ने लगायत… पुरा पढौ

लकडाउन फितलो हुँदा संक्रमणको जोखिम झन् बढ्यो

आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ | डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन | दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी तथा बडीगार्डलाई PCR टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ | आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई बिशेष निर्देशन दिएको छ, लकडाउन खोल्नको लागि |छिमेकी देश भारतमा कोरोना संक्रमित बढेकोबढ्यै छन् | सिमानाबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं