भारतबाट लुक्दै कपिलवस्तु आएका १० जनालाई कोरोना

भारतको मुम्बई र दिल्लीबाट कपिलबस्तु आएका १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका यी युवा १८ देखि ३४ बर्षका छन् । उनीहरु लकडाउन भइसकेपछि लुकेर घर फर्केका हुन् । संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ जना छन् ।

उनीहरुलाई दिउँसो बुटवलका स्थापना गरिएको कोरोना बिशेष अस्पतालमा ल्याउने तयारी भएको छ । प्रदेश ५ मा आजसम्म ४० कोरोना संक्रमित भेटिएका छन् ।